Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

मंसिर १२, २०७६ २:१३ मा प्रकाशित
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

Rescuers search at a damaged building after a magnitude 6.4 earthquake in Thumane, western Albania, Tuesday, Nov. 26, 2019. Rescue crews used excavators to search for survivors trapped in toppled apartment buildings after a powerful pre-dawn earthquake in Albania killed at least six people and injured more than 300. (AP Photo/Visar Kryeziu)

Share on FacebookShare on Twitter

डुरेस, अल्बानिया, १२ मङ्सिर

अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि एकभन्दा साना ठूला पराकम्पनहरू गएका छन् । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ । बुधबार राति भग्नाबशेषबाट छ मृत शरीर निकालिएसँगै मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सरकारले जनाएको छ । सरकारले भग्नाबशेषमा गरिएको उद्धारबाट कसैलाई जीवित पाउनसक्ने विश्वास क्षीण भएको छ । यद्यपि डुरेसमा उद्धार खोजी जारी राखिएको छ तर देशका अन्य भागमा भने भूकम्पपछि वेपत्ता भएका भनिएका सबैलाई जीवित तथा मृत अवस्थामा भेटिसकिएको भन्दै उद्धारको काम रोकिएको छ ।

अल्बानिया भूकम्पका कारण ६५० जनाभन्दा बढी घाइते भएका छन् भने घर तथा आवास भत्किएका कारण करिब दुई हजार १०० नागरिकले दुई दिनदेखि पालमुनि रात विताउन बाध्य भएका बताइएको छ । अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्युडका पराकम्पन आउँदा थप घरहरू भत्किने क्रम जारी हुँदा उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको छ । बाल्कन मुलुकमा गएको भूकम्पमा छिमेकी यूरोपेली मुलुकहरूबाट खोजी तथा घरबारबिहीनलाई राहत तथा सहयोग पु¥याउने काम भएको छ । भूकम्पपछि तत्काल उक्त क्षेत्रमा उद्धारकर्मी, उद्धारका लागि विशेष सामग्री, तालिमप्राप्त कुकुर तथा आपतकालीन सामग्रीहरू आपूर्ति गरिएको थियो ।

अल्बानियाका अधिकारीले क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न आग्रह गरेका छन् । अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाउनुभएको थियो । उहाँले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिनुभयो । रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गर्नुभयो ।

रासस÷एपी

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result