कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाको खेल बराबरी भएपछि दुवैले १–१ अंक बाँडेका छन्। सोमबार कतारको जानौव रंगशालामा भएको पहिलो खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको २९ औँ मिनेटमा जिन–चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनले शुरुवाती अग्रता दिलाए। लगत्तै सर्बियाका स्ट्रेहिन्जा पाभ्लोभिचले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसको ३ मिनेटपछि नै सर्गेज मिलिन्कोविच–साविचले दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ को अवस्थामा पुग्यो। दोस्रो हाफमा सर्वियाका अलेक्जेण्डर मिट्रोभिचले अर्को गोल गर्दै खेललाई ३–१ को रोचक मोडमा पुर्याए।
प्रतिक्रिया लेख्नुहोस्:-