काठमाडौं । सरकारले राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आउँदो माग ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन २० गतेदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य पद रिक्त हुँदैछ। रिक्त हुनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।
प्रतिक्रिया लेख्नुहोस्:-