Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त

मंसिर १४, २०७५ ९:४२ मा प्रकाशित
एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ मङ्सिर / नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । उहाँले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

“विभिन्न देशका बहालवाला राष्ट्र÷सरकारप्रमुखसहित ४५ देशका पाहुन आउने भएकाले सुरक्षा व्यवस्था भरपर्दाे बनाएका छौँ”, अधिकारीले भन्नुभयो, “परम्परागत सुरक्षा योजनाअनुसार विभिन्न घेरामा सुरक्षाकर्मी परिचालन छन्, सुरक्षा खतरालाई समेत ध्यान दिइएको छ ।”

“मुख्यगरी आवास क्षेत्र, कार्यक्रमस्थल, सडक क्षेत्रको सुरक्षामा थप ध्यान केन्द्रित छ”, अधिकारीले भन्नुभयो । सरकारको आमन्त्रणमा आउनुहुने पाहुनाको हकमा व्यक्तिगत सुरक्षाको व्यवस्थासमेत गरिएको गृहमन्त्रालयले जनाएको छ । सुरक्षा योजनामा उपत्यकालाई नै समेटिएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सूक्ष्म अध्ययन गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको भन्दै मातहतका सुरक्षाकर्मीलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएको बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षाकर्मी थप गरिएकोसमेत उहाँले जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नरहेको बताउँदै हरेक क्षेत्रको आवागमन सहज पारिएको बताउनुभयो । अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि ट्राफिक व्यवस्थापनका लागि ध्यान दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा लगाएको जोर विजोर प्रणाली भने सर्वसाधारणको असहजतालाई ध्यान दिँदै आज बिहान ११ः३० बजेदेखि हटाइएको उहाँले बताउनुभयो ।

गएको भदौमा भएको बिम्स्टेक सम्मेलपछिको यो बृहत् सम्मेलन भएकाले सोहीअनुसार हरेक सुरक्षा अङ्ग परिचालन भएका छन् । सम्मेलनमा छ राष्ट्र÷सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा भाग लिन टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुग्नुभएको छ । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आउनुभएको थियो । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै हुनुहुन्छ ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इन्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलन मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुनेछ ।

विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन कार्य नेपाल सरकारले गरेको छ । सम्मेलन आयोजना गर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result