स्यानफ्रान्सिस्को
स्यानफ्रान्सिस्कोमा गत आइतवारवाट संचालित नेपाली दुतावासको कन्सुलर सेवा शिविर हिजो बुधवार सकिएको छ । गत नोभेम्बर २७, २८ र २९ र एक दिन थप गरि चार दिन सम्म चलेको कन्सुलर शिविरवाट ६३७ जना नेपालीले सेवा लिएको दुतावासले जनाएको छ । यस अघि लस एन्जलसमा संचालन गरिएको शिविरवाट १८२ जनाले सेवा लिएका थिए ।
एसोसिएसन एफ नर्दन क्यालिफोर्निया न्यान्स र एन आर एन ए क्यालिफोर्निया च्याप्टरले स्थानिय संयोजन गरेको शिविरमा नेपालीहरुलाई अत्यावश्यक पर्ने पासपोर्ट, एनआरएन कार्ड र वारेसनामा लयागतका कागजात प्रदान गरिएको नेपाली दूतावासको नियोग प्रमूख कुमार खरेलले जानकारी दिए ।
दूरवीनसंग कुराकानी गर्दै प्रमुख खरेलले स्थानीय संस्थाहरुको अधिकतम सहयोग र प्रभावकारी ब्यवस्थापनको कारण दूतावासले सोचेभन्दा धेरै काम गर्न सकेको बताए। “हामीले यति धेरै काम गर्न सक्यौ यसवाट हामीलाई नै धेरै उत्साहित बनाएको छ, नियोग प्रमुखले भने, न्यान्सका अध्यक्ष प्रितेशजी र अन्य साथीहरु बिहानदेखि रातीसम्म खटनुभयो, यसकारण हामीले धेरै भन्दा धेरै नेपालीलाई सेवा दिन सक्यौं “। स्थानीय नेपाली संघ संस्था र स्वयंसेवकहरुले पुर्याएको सहयोगप्रति आभार प्रकट गर्दै नियोग प्रखुख खरेलले सबै नेपालहरुलाई सहयोग गर्नु नै नेपाल सरकार र दूतावासको प्रमुख ध्येय भएको बताए ।
न्यान्सका अध्यक्ष प्रितेस कार्कीले यस पटकको कन्सुलर सेवा अत्यन प्रभावकारी र ब्यवस्थित रुपमा संचालन भएको र सोचेभन्दा धेरै नेपालहरु लाभान्वित भएको बताए । “दूतावासका कर्मचारीज्यूहरु र खासगरि नियोग प्रमुखज्यूको अथक सहयोगको कारण हामीले सेवा अवधि एक दिन थप गरि धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्यौ” कार्कीले भने ।
“शिविर संचालनको ब्यवस्थापनमा स्थानीय संघ संस्थाका प्रतिनिधि र स्वयंसेवकहरुको स्वतफूर्त परिचालनले हामी सबै नेपालीहरु एक छौ भन्ने सन्देश गएको छ,” अध्यक्ष कार्कीले दूरवीनसंग भने । उनले आगामी दिनहरुमा सबैसंग हातेमालो गरि अगाडी बढ्ने बताउदै दूतावासको कार्यक्रम संयोजनको लागि न्यान्स सदैव तत्पर रहेको बताए ।
यसैवीच, न्यान्सले एक प्रेस विज्ञप्ति जारी गरि संस्थाको तर्फवाट धन्यवाद ज्ञापन गरेको छ । न्यान्सका सचिव इश्वरी न्यौपानेले विज्ञप्तिमा शिविरका लागि दूतावासबाट डीसीएम कुमार खरेल, तृतीय सचिव जनक सिंह र अर्का कर्मचारी रामजी दाहाल, अवैतनिक महावाणिज्य दुत ऋषि ढकाल, न्यान्स र एनआरएनका पदाधिकारीलगायत बे एरियाका विभिन्न संस्थाका पदाधिकारी एवं समाजसेवीहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको तर्फवाट आभार प्रकट गरेका छन् । चार दिन संचालित शिविरमा लागि ५० भन्दा बढी स्वयं सेवक परिचालित भएको पनि उनले उल्लेख गरेका छन् ।
महावाणिज्यदूत ढकाललाई उधृत गर्दै सचिव न्यौपालेले क्यालिफोर्नियामा शिविरहरूका कारण नेपाली समुदायका सदस्यहरूले १२ लाख अमेरिकी डलरभन्दा बढी बचत गरेको पनि उल्लेख गरेका छन् कन्सुलर शिविर संचालनको खर्च ब्यस्थापन न्यान्स र एनआरएन क्यालिफोर्निया च्याप्टरले गरेका थिए। श्विरमा सेवाग्राहीबाट स्वेच्छिक सहयोग संकलन पनि गरिएको थियो । सो रकम न्युन रूपमा संकलन भएको र बॅाकी रकम संस्था र सहयोगिहरूसॅग संकलन गेरर पुरा गरिने र यसको सम्पुर्ण आय व्यय विवरण छिटै सार्वजनिक गरिने न्यान्सका अध्यक्ष कार्कीले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-