काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। मंगलबार जिल्ला न्यायाधिश खड्गबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो ।
यस्तै, नवराजकी प्रेमिकासहित उनकी आमा र बुबालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। अदालतले उनीहरुलाई ५० हजार जरिवाना पनि गरेको छ।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालतले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-