काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा पहिलो पटक स्थापना गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय शिलान्यास गरेका छन् ।
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्न उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।
निर्माण, निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने, विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्न उक्त विश्वविद्यालयले सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-