काठमाडौं । शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूचीबारे निर्णय गर्न नसकेपछि भोलि पनि फेरि बैठक क बस्नेगरी सकिएको हो ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-