काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालय नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले पार्टी कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस्नेतका अनुसार अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि महानरपालिकाका नाममा परमादेश जारी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-