Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बुबाले  किनिदिएकाे त्याे गितार, जसले भूपेन्द्र रायमाझीलाई बनायाे चर्चित  सङ्गीतकार 

मंसिर २८, २०७५ १:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ मङ्सिर/ आफ्नो साधनालाई निरन्तरता दिन सके एक दिन उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण सङ्गीतकार भूपेन्द्र रायमाझी हुनुहुन्छ । विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा काम गरिसक्नुभएका रायमाझी आफू अहिले यो अवस्थामा रहनुको श्रेय आफ्नो साधनालाई नै दिनुहुन्छ ।

सङ्गीतलाई पेशा नमान्ने समयमा परिवारको साथ र हौसला पनि उहाँका लागि त्यति नै महत्वपूर्ण थियो । विसं २०१६ मा मोरङ, विराटनगरमा जन्मनुभएका रायमाझी दुई दिदीबहिनी र तीन दाजुभाइमध्ये जेठो छोरा हुनुहुन्छ । तीन दाजुभाइमध्ये उहाँलाई सानैदेखि सङ्गीतमा रुचि थियो । उहाँ भन्नुहुन्छ, “मेरो रुचि देखेर बुवाले प्रवेशिका परीक्षापछि गितार किनिदनुभएको थियो जसका कारण केही सङ्गीतसम्बन्धी किताब किनेर घरमै सिक्न शुरु गरेँ ।”

उहाँले विराटनगरको तत्कालीन जनता माध्यमिक विद्यालयबाट २०३३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो भने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट व्यवस्थापन सङ्कायमा आइकम सकेपछि बिकमका लागि काठमाडौँ आई मीनभवन क्याम्पसमा व्यवस्थापन सङ्कायमा भर्ना भई अध्ययनलाई निरन्तरता दिनुभयो ।

व्यवस्थापन सङ्कायमा भर्ना भए पनि उहाँमा सङ्गीतप्रतिको मोह भने हराउन सकेन । काठमाडौँमा आइसकेपछि उहाँले शुभबहादुर सुनामबाट म्युजिक नोटेशनका बारेमा ज्ञान लिनुभयो । विभिन्न व्यक्तिसँग चिनजानका क्रममा उहाँको भेट नातिकाजीसँग भयो । उहाँसँगको भेटले उहाँलाई रेडियो नेपालामा सङ्गीतकारका रुपमा काम गर्ने अवसर समेत जुराइदियो ।

सोही क्रममा रायमाझीले विसं २०३९ मा रेडियो नेपालमा सङगीतकारका रुपमा काम गर्न शुरु गर्नुभयो । त्यतिबेला विभिन्न गीतसङ्गीत रेडियो नेपालबाहेक अन्त स्वराङ्कन गरिँदैनथ्यो । गीत स्वराङ्कन गर्नका लागि रेडियो नेपाल मात्र हुँदा स्वर परीक्षणमा उत्तीर्ण भइसकेपछि छ महिनाको एक पटक गीत स्वराङ्कन गर्न पाइन्थ्यो । नेपालमा रेडियो नेपालबाहेक अन्य सङ्गीत रेकर्ड गर्ने ठाउँ नहुँदा हुनेखाने वर्गका व्यक्ति कोलकातामा गएर गीत रेकर्ड गर्थे ।

विसं २०४२ साउन ३ गते व्यक्तिगतस्तरबाट ‘म्युजिक नेपाल’ सञ्चालन भए पनि रेडियो नेपालसँग प्रतिस्पर्धा भने गर्न सकेन । पहिले अहिलेजस्तो डिजिटल प्रविधिको विकास नभएका कारण रेडियो नेपालमा प्रत्यक्ष रुपमा एकै समयमा रेकर्ड गरी चक्कामा राख्ने गरिन्थ्यो । “अहिलेका गायकगायिकाभन्दा त्यस समयका गायकगायिकाले गीत गाउन धेरै नै साधना गरेको पाइन्छ”, उहाँले भन्नुभयो । अहिलेका केही गायकगायिका वास्तविक स्रष्टा भए पनि धेरैले चर्चामा आउन पनि गीत गाउन थालेको उहाँको ठम्याइ छ ।

रेडियो नेपालमा काम गर्ने क्रममा नै रायमाझीले स्वरसम्राट् नारायणगोपालको ‘बिरानो माया अधूरो रह्यो’ बोलको गीतमा सङ्गीत दिनुभएको थियो । त्यो रायमाझीले नारायणगोपालको गीतमा सङ्गीत भर्नुभएको पहिलो र अन्तिम गीत हो । नारायणगोपाललाई धेरैले घमण्डी गायक भने पनि उहाँ शालीन व्यक्तित्वका धनी भएको रायमाझीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “उहाँलाई घमण्डी, जँड्याहा भन्नु गलत आरोप मात्र हो ।”
त्यतिबेला गायकले सङ्गीतकारलाई निकै मान्ने गर्थे । साधारण सङ्गीतकारका रुपमा काम गर्दा पनि उहाँले कहिल्यै अपमानजनक व्यवहार सहनुपरेन ।

उहाँले प्रेमध्वज प्रधान, बच्चुकैलाश, फत्तेमान, योगेश वैद्य, दीपक खरेल, प्रकाश श्रेष्ठ, रामा मण्डल, तारा थापा, रामकृष्ण ढकाल, शिव परियारलगायतको गीतमा पनि सङ्गीत दिनुभएको छ । रेडियो नेपालमा बज्ने प्रायः हरेक धूनमा रायमाझीले नै सङ्गीत दिनुभएको थियो । रेडियो नेपालमा मात्र नभई ‘कोशी एफएम’ र ‘बुटवल एफएम’ मा समेत उहाँले सङ्गीत दिनुभएको छ । रेडियो नेपालमा काम गर्दागर्दै रायमाझीले सन् १९९४ (विसं २०५०तिर) भारतको अलाहाबादबाट सङ्गीतमा स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । सङ्गीतसम्बनधी अध्ययन गर्दैमा साधनाविना सिकेको कुरा पूर्ण नहुने उहाँको बुझाइ छ ।

पहिले गीत रेकर्डिङका क्रममा गीतकार, सङ्गीतकार र गायकको प्रत्यक्ष भेटघाट हुने भए पनि अहिले हुँदैन जसमा नयाँ प्रविधिको दोष रहेको उहाँको बुझाइ छ । पहिले सीमित कलाकार सबैबीच चिनजान हुने भए पनि प्रविधिको विकाससँगै अहिले त्यो अवस्था छैन । प्रविधिको कारण पनि अहिलेका कलाकारमा खासै निखारपना छैन । अहिले रेकर्डिङ स्टुडियो छनोट गर्ने स्वतन्त्रता पनि सबैमा छ । पहिले गीतको शब्दलाई पनि ध्यान दिइने भए पनि आजकलका गायक तथा स्रष्टाले शब्दमा ध्यान नदिएकामा उहाँ दुखेसो पोख्नुहुन्छ । मौलिकपना हराउने र भ्रामक सन्देश जाने खालका गीत नगाउन उहाँ अहिलेका गायकलाई सुझाउनुहुन्छ ।

रायमाझीले ‘ओइदिपुष’, ‘एउटा सहरको कथा’ र ‘सीता हरण’ नामक नाटकमा समेत सङ्गीत दिनुभएको छ । हालसम्म उहाँले भोजपुरी, मैथिली, थारु, आधुनिक, लोकदोहोरी, नेवारी र हिन्दी गरी सात सयभन्दा बढी गीतमा सङ्गीत दिनुभएको छ । तीन दशक सङ्गीत साधनामा लाग्नुभएका उहाँले नेपाली चलचित्र ‘बुहारी’, ‘आँधी’, ‘ढुकढुकी’, ‘प्रेम’ तथा ‘हुरी र बतास’ शीर्षक चलचित्रमा समेत सङ्गीत दिनुभएको छ । उहाँले २०३९ देखि २०४६ सालसम्म सङ्गीतकारका रुपमा काम गरिसकेपछि विसं २०४६ मा लोकसेवा उत्तीर्ण गरी रेडियो नेपालमा २०५४ सालसम्म म्युजिक एरेञ्जरमा आठ वर्ष काम गर्नुभएको थियो ।

विसं २०५४ देखि सङ्गीत विभागमा प्रमुख सङ्गीतकारको जिम्मेवारी सम्हाल्नुभएको थियो । सोही पदमा १८ वर्ष रेडियो नेपालमा काम गरिसक्नुभएका रायमाझीले यही वर्ष मात्र राजीनामा दिनुभयो । “ धेरै वर्ष एउटै पदमा रहेर लामो समयदेखि काम गरिसकेपछि अवकाश नपाई नै राजीनामा दिएँ,” उहाँ थप्नुहुन्छ, “मैले रेडियोमा नोकरी नगरी सङ्गीतमा नै निरन्तरता दिएको भए धेरै सफलता पाउँथे जस्तो लाग्छ ।”
रेडियो नेपाल छाडेदेखि ऊर्जाशील समय आफूले गीतसङ्गीतमा नै बिताइरहेको उहाँ बताउनुहुन्छ । “अबको बाँकी समय सङ्गीतमा नै बिताउने योजना बनाएको छु”, रायमाझीले भन्नुभयो । अबको आवश्यकता नयाँ सर्जकलाई सही दिशानिर्देश गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

– मीना घोरसाइने रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result