Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शहिद स्मारक लिग फुटबल : मनाङकाे आठौँ   जित, शुक्रवार आर्मीलाई एक शुन्यले हरायाे 

मंसिर २८, २०७५ ३:०३ मा प्रकाशित
शहिद स्मारक लिग फुटबल : मनाङकाे आठौँ   जित, शुक्रवार आर्मीलाई एक शुन्यले हरायाे 

zlxb :df/s P l8lehg lnu km'6an cGtu{t z'qmaf/ dgfª d:of{ªbL Sna / lqe'jg cfdL{ SanaLr nlntk'/sf] ;ftbf]af6f]l:yft PGkmf sDKn]S;df x'b} . t:jL/ M /f]zg ;fksf]6f,/f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २८ मङ्सिर /  मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ ।  शुक्रवार  सातदोबाटोस्थित एन्फा मैदानमा मनाङले यस सिजन बलियाे मानिएकाे  त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायाे । अब लिगमा मनाङ्ले एक्लाे अपराजित टिम हाे ।

खेलको ३१औँ मिनेटमा  विशाल राईले गरेकाे गाेल मनाङकाे जितका लागि निर्णायक बन्याे । मनाङले आठ खेलमा सम्भव हुने सबै २४ अंक जाेडेकाे छ । समान खेलमा  आर्मी १७ अङ्कसहित चौथो स्थानमा यथावत छ ।

सातौँ चरणसम्म अपराजित रहेको त्रिभुवन आर्मी क्लब आजको हारसँगै उपाधि होडमा कमजोर बनेको छ । मनाङविरुद्व मुख्य तीन स्ट्राईकर भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठलाई मैदान उतारेपनि आर्मीले गोल गर्न सकेन ।

पहिलो हाफमा १–० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । आक्रामक देखिएको खेलमा आर्मीले एक पछि अर्को योजना बुनेपनि गोल गर्न भने सकेन । खेलको ४७औँ मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले डि बक्सभित्रबाट गरेको हेड सिधै किपरको हातमा परेको थियो ।

जर्ज प्रिन्स कार्कीले ५३ औँ मिनेटमा हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिएको थियो । यस्तै ५८औँ मिनेटमा दिनेश हेन्जनले हेडमार्फत मिलाइदिएको पासमा नवयुग गोल गर्न चुके । यता मनाङले समेत दोस्रो हाफमा अग्रता दोब्बर पार्ने थुप्रै मौका गुमायो । खेलको ६० औँ  मिनेटमा कमल श्रेष्ठको क्रसमा अडिलाजाले गरेको हेड आर्मीका किपरले बचाएका थिए । यस्तै ६८औँ मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा एडिलाजाको प्रहारलाई किपर बिट भएको अवस्थामा आर्मीका डिफेन्डर जितेन्द्र कार्कीले गोल हुनबाट बचाए भने ७६ औँ मिनेटमा मनाङले अर्को गोल गर्ने मौका गुमायो । भिक्टोरले डि बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।

मनाङ्का प्रशिक्षक सुमन श्रेष्ठले आजको जितसँगै उपाधि जित्ने सम्भावना बलियो हुँदै गएको बताए ।  “अब लिगको उपाधि जित्ने सम्भावना ७५ प्रतिशत छ ।”  उनले थ्री स्टार क्लबविरुद्ध खेल्दाकै रणनीतिअनुसार आजको खेल खेलेको र त्यसमा आफू सफल भएको बताए ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले पाएको अवसरको सदुपयोग नहुनु र  मनाङका विदेशी खेलाडीलाई रोक्न नसक्नु कमजोरी भएको बताए ।  “हारसँगै हामी उपाधि होडबाट बाहिरियौँ, अबको लक्ष्य बाँकी पाँच खेल जित्दै उत्कृष्ट तीनमा पर्नु हो । ”

अर्काे खेलमा पुलिसले  फेन्डसलाई हरायाे 

शुक्रवार भएकाे अर्काे खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई ५–० गाेल अन्तरले हरायाे ।  एन्फा मैदानमा भएको एक तर्फी खेलमा  पुलिसका  अभिषेक रिजालले तेस्राे मिनेटमा खाता खाेले । २०औँ मिनेटमा रवि पासवानले पुलिसकाे अन्तर दाेब्बर पारे । दाेस्राे हापफमा पुलिसले तीन गाेल थप्याे ।  ५९अाै  मिनेटमा कप्तान भरत शाह दृश्यमा अाए  । भरतले रवि पासवानकाे पासलाइ गाेलमा परिणत गरे । त्यस पछि  तेज तामाङ र नीरकुमार राईले एक एक  गोल थपे ।  जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ ।

राससकाे सहयाेगमा

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result