काठमाडौं । ऊर्जा मन्त्रालय र मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच आज आइतबार ‘आयोजना विकास सम्झौता’ (पीडीए) मा हस्ताक्षर भएको छ ।
नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीनवटा चिनियाँ कम्पनीहरुको ८० प्रतिशत लगानी रहने मनाङ–मस्र्याङ्दी (१३५ मेगावाट) को ऋणदातालाई नेपाल सरकारका तर्फबाट आश्वस्त तुल्याउन पीडीए गरिएको प्रवर्धक कम्पनीका उपमहाप्रबन्धक प्रतीकमान सिंह प्रधानले बताए ।
उनका अनुसार आयोजनामा अनुमानित ३२ करोड अमेरिकी डलर ९४१ अर्ब ६० करोड रुपैयाँ० छ । आगामी चार वर्षभित्र आयोजना पूरा गर्ने गरी पीडीए भएको प्रधानले बताए । ‘आगामी जनवरी महिनाभित्र इपीसी ठेकेदारसित ठेक्का सम्झौता गर्ने योजना छ,’ उनले भने । यो आयोजनामा तीनवटा चिनियाँ कम्पनीमध्ये सबैभन्दा बढी सिचुवान इन्भेष्टमेन्ट ग्रुपको लगानी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-