Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाकेटमार विरूद्द राजधानीमा प्रहरीकाे अपरेशन, ७७ जना पक्राउ 

पुस ४, २०७५ ३:५७ मा प्रकाशित
Share on FacebookShare on Twitter

– अच्युत रेग्मी

काठमाडौँ, ४ पुस ।  सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ ।

काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो ।

सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई÷दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो ।

“पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका साङ्केतिक शब्दहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो । पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटपाट गर्ने गरेको उहाँको भनाइ छ । परिसरले पकेटमारीसँग हालसम्म रु पाँच लाख ९६ हजार नगद, मोबाइल ३९ थान, आइप्याड चार थान र ल्यापटप पाँच थान बरामद गरेको छ ।

गत मङ्सिर २५ गते कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि काठमाडौँ आउनुभयो । काठमाडौँको पानीपोखरीमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल जान गोङ्गबुस्थित नयाँ बसपार्कबाट कान्तिपुर यातायात चढ्नुभयो । चक्रपथ पुग्दा सात÷आठ जनाको समूहले उहाँको साथको एउटा झोला लियो । उहाँलाई सिटमा बस्न आग्रह गरेर थाहा नपाउने तरिकाले ज्याकेटको अगाडि खल्तीको ७५ हजार पाकेट मारे । यस्तो चोरीको क्रम बढेपछि प्रहरी र यातायात व्यवसायी मिलेर चोरी नियन्त्रण अभियानलाई तिव्रता दिइएको बताइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनभित्र छिरेर चोरी गर्नुका साथसाथै चालक तथा सहचालकलाई समेत लुटपाट गर्ने गरेकाले उक्त अभियान चलाइएको बताउनुहुन्छ । “कमजोर कानूनका कारण पाकेटमाराले पटकपटक सार्वजनिक यातायातमा चढेर चोरी गर्ने गरेको पाइएको छ,” उहाँ भन्नुहुन्छ ।

महासङ्घको प्रदेश नं ३ समितिले यातायात सुरक्षा साझा अभियानअन्तर्गत उपत्यकाभित्रको प्रहरीलाई २५० निःशुल्क यात्रा पासको व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश ३ का संयोजक धर्मराज रिमाल उपत्यकाभित्रको सार्वजनिक यातायातको सुधार गर्न प्रहरीलाई उक्त पासको व्यवस्था गरिएको बताउनुहुन्छ ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटी विभिन्न सडकमा समूह बनाएर पाकेट मार्ने गरेको बताउनुहुन्छ । चक्रपथ क्षेत्रमा काभ्रेपलाञ्चोक दाप्चाका पूर्णबहादुर विक र कान्तिपुर यातायातमा काभ्रेपलाञ्चोक भोक्सेका सनबहादुर तामाङको समूहले पाकेट मार्ने गरेको प्रवक्ता बोगटीले बताउनुभयो । उपत्यकामा चल्ने कान्तिपुर, नेपाल, महानगर, साझा यातायतमा बढी पाकेट मार्ने काम हुने गरेको परिसरले जनाएको छ । पहिलोपटक पाकेट मार्नेलाई एक महीना जेल तथा बिगो बराबरको जरिवना, दोस्रो पटकलाई दुई महीना कैद तथा बिगोबमोजिम जरिवाना हुने कानूनी प्रावधान रहेको छ । —

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result