काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतार नभएको बताएका छन् । उनले सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले आफूहरुले सरकारमा नजाने भनेर कसम भने नखाएको भन्दै अनुकूल वातावरण तयार भए सरकारमा जान सकिने संकेत गरे ।
सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित जाने उनले स्पष्ट पारे । “सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । राष्ट्रपतिबाट आह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ,” उनले भने, “कोही पनि हाम्रा साथीहरुले आत्तिनु पर्दैन । नेतृत्वले त्रुटि गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनु पर्दैन । हामी सोची, विचारी निर्णय गर्छौं ।”







प्रतिक्रिया लेख्नुहोस्:-