काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतन्त्रविरोधी केही स्वार्थ समूहहरूले अनुचित पाइदा उठाउन नेपालमा केही हुँदैन भनेर अफवाह फैलाइरहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका महतले मंगलबार कांग्रेस मकवानपुरको हेटौँडामा भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘देशमा केही हुँदैन, सबै सकिन लाग्यो, अब विदेशिनुपर्छ भनेर एकखालको निराशापूर्ण अभिव्यक्ति दिनहुँ सामाजिक सञ्जालमा देख्न पाइन्छ। यो एउटा स्वार्थ समूहको काम हो। जो लोकतन्त्रको खिलाफमा छ। गरे नेपालमै धेरै हुन्छ भन्ने प्रमाणित गर्नु हाम्रो दायित्व हो। केही राम्रो गरेर निराशाको बहस अन्त्य गर्नुपर्छ। सरकार यसमा दत्तचित्त भएर लागेको छ,’ उनले भने।







प्रतिक्रिया लेख्नुहोस्:-