काठमाडौँ, ६ पुस । राजधानीमा ज ारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रवार न्यूराेड टिम एनअारटी र मच्छिन्द्रका लागि सुखद बन्न पुग्याे । लिग दशाै चरणमा पुग्दा मात्र यी दुइ क्लबले जीत अात्मसाथ गर्न पाए ।
ललितपुरकाे सातदाेवाटाे स्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रले सरस्वती क्लब माथि ४–२ गाेलले हरायाे । यस्तै हल्चाेक स्थित सशस्त्र प्रहरी बलकाे मैदानमा एनअारटीले जाउलाखेललाइ २–१ गाेलले हरायाे ।
सरस्वतीले खेलमा अात्मधाती गाेल मार्फत पाएकाे अग्रता टिकाउन सकेन । चौथो मिनेटमा मछिन्द्रका सञ्जय राजबहाक आत्माघाती गोल गर्न पुगे । एक शुन्य गाेलले पछाडी परे पनि मच्छिन्द्रले हार मान्न चाहेन । १६औँ मिनेटमा विशाल राइले खेल बराबरी गरे । त्यसकाे चार मिनेटमा भसाडिया डियामान्डेकाे गाेल मार्फत मच्छिन्द्रले खेलमा बढ्त लियाे ।
लिगमा पहिलाे जितकाे खाेजीमा रहेकाे मच्छिन्द्रका लागि २५ औँ मिनेटमा अनिल गुरूङले अर्काे गाेल थपे । ३६औँ मिनेटमा सरस्वतीका फ्रान्सिस ओनेयामाले गाेल गर्दै खेललाई ३– २ को स्थितिमा ल्याएका थिए । खेलकाे अन्तिम मिनेटमा विकास राईले पेनाल्टीमार्फत एक गोल गरे । पहिलाे जीत सँगै मच्छिन्द्रकाे १० खेलमा ६ अंक भएकाे छ । सरस्वती भने १० अंकमा राेकिएकाे छ ।
हल्चाेक मैदानमा भएकाे खेलमा एनअारटीले जाउलाखेललाइ दुइ शुन्य गाेल अन्तरले हरायाे । एनअारटीका लागि स्माइ यौबुए र सुशील लामाले एक एक गाेल गरे । जाउलाखेलका लागि सुमन डंगाेलले गाेल गरेका थिए । बराबरी खेलेर लिग शुरू गरेकाे एनअारटीले दश खेल पछि चार अंक भएकाे छ । जाउलाखेल ८ अंकमा राेकिएकाे छ ।
सातदाेवाटाेमा भएकाे दिनकाे तेस्राे खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाइ २–१ ले हरायाे । फ्रेन्ड्सका लागि सञ्जोक महर्जन र जीवन गुरूङले गोल गरे यस्तै हिमालयन शेर्पाकाकाे लागि गोहा प्याट्रिकले गाेल गरे । खेलमा हिमालयन शेर्पाले अग्रता गुमाएका थियाे । २७ औं मिनेट प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर एक मिनेट भित्रै सञ्जोकले गोल फर्काउदै खेल १–१ गोलको बराबरीमा ल्याए । ८८ औं मिनेटमा जीवनले गोल गरेपछि फ्रेन्ड्सले लिगमा दाेस्राे जीत सम्भव पार्याे ।








प्रतिक्रिया लेख्नुहोस्:-