Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धुमधामसँग मनाइँदै  किराँतीको महान् चाड  उधौँली पर्व

पुस ७, २०७५ ४:४४ मा प्रकाशित
नृत्य प्रस्तुत गर्दै सुनुवार जाति
Share on FacebookShare on Twitter

मङ्गलबारे, ७ पुस : किराँतीको महान् चाड उधौँली पर्व इलामसहित विभिन्न स्थानमा धुमधामका साथ मनाइएको छ ।

प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् ।

राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् । यी जातिले मङ्सिरे पूर्णिमाका दिन नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ–आफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

यो वर्ष लिम्बू समुदायले इलाम नगरपालिकाको माइखोलामा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, सांस्कृतिक कार्यक्रम तथा वनभोज (ताम्भुङचा) आयोजना गरेका छन् । कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), लिम्बू खानपिन, लिम्बू सांस्कृतिक प्रस्तुति, खेलकूदका कार्यक्रम जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थीलाई स्वागत तथा शुभकामना आदानप्रदानसमेत गरिएको किराँत याक्थुङ चुम्लुङका अध्यक्ष गायत्री थेगिमले जानकारी दिनुभयो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाएका छन् ।

युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो), सामूहिकरुपमा केलाङ (च्याब्रङ) बजाएर ‘छुई छुई हा, सरलाइमा सर’ भन्दै नाच्छन् । नाता नपर्ने तरुण तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारेलगायत गीत गाएर मनोरञ्जन गर्छन् ।

यस्तै किराँत राई समुदायले साकेला नाच, मौलिक पोशाकको प्रदर्शनी र पूजाआजा गरी विभिन्न कार्यक्रमकासाथ इलाम नगरपालिका–७ ओपिधारामा साकेला थानमा पूजापाठ र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । किराँत सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामास्थित स्यादर थान र फाकफोकथुम गाउँपालिकाको लुम्देमा पूजा गरेर बुरसिल नाचलगायत कार्यक्रम आयोजना गरिएको लुम्देका बुद्ध सुनुवारले बताउनुभयो ।

उक्त स्यादर थानमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले घण्टी दिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । याक्खा समुदायले जोगमाई गाउँपालिकाको नामसालिङमा देवीदेवताको पूजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै गरे । भुजेलले सूर्योदयमा पर्व धुमधामका साथ मनाएका छन्् ।

यो पर्व किराँतीको बाहुल्यता रहेका इलामसहित पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भव्यताका साथ मनाउने गरिएको छ ।

उधौँली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने समय वैशाख पूर्णिमाको बेला उभौँली मनाउने प्रचलन छ । उधौँली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result