Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परम्परागत नेपाली बाजा लोप हुँदै

पुस ८, २०७५ ४:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

–धु्रबसागर शर्मा

गलेश्वर ८ पुस ।  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।

नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, डम्फू, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजाहरु लोप हुँदै गएका हुन् । कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजाहरु क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकामा लोकगीत र लोकसङ्गीतका पारखीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बेनी बजारका गीतकार÷गायक तथा संगीतकार सञ्जय श्रेष्ठले नयाँ पुस्ता गिटार, ड्रमसेट, किबोर्डजस्ता पश्चिमेली बाजाहरुको प्रभावमा पर्दै गएपछि परम्परागत नेपालीबाजा लोप हुँदै गएको र मौलिक धुन पनि हराउँदै गएको बताउनुहुन्छ । शहरी क्षेत्रमा मात्र नभएर अहिले जिल्लाका ग्रामीण क्षेत्रमा पनि विवाह, ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा बजाइने परम्परागत बाजाहरुको सट्टा अहिले आधुनिक बाजाहरुको प्रयोग हुन थालेको छ ।

नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै श्रेष्ठले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले म्याग्दीको लोक संस्कृतिमाथि पनि सङ्कटको अवस्था उत्पन्न भएको बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बोकेका यानीमाँया, ख्याली, सालैजो जस्ता गीतहरु गाउँदा बजाइने बाजाहरु अहिले पाइनै छोडेका छन्’’ सङ्गीतकार श्रेष्ठले भन्नुभयो–‘‘आयातित पश्चिमी बाजाहरु प्रयोग गरेर यस्ता गीतहरु गाउँदा न गीतको मर्म भेटिन्छ न त धुन र स्वरमा नै मीठास पाइन्छ ।’’

नेपाली लोकभाकामा अत्याधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै सङ्कटमा पर्दै गएको म्याग्दीका युवा गायक तथा हास्य कलाकार रवि कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझलमा त पारेको छ नै, सँगसँगै यी बाजा बनाउनेहरुको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।’’

पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न भकिम्ली चिनाखेतका धनवहादुर विक अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएपछि मादल बनाउन छोडेर डकर्मीको काममा लागेको बताउनुभयो । २५ वर्ष अघिसम्म मादलको राम्रै व्यापार भएपनि अहिले यो पेशाले जिउन समस्या परेको कारण पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।

मादलका अलावा नेपालीको अर्को मुख्य बाजा सारङ्गीको पनि अवस्था अहिले उस्तै रहेको छ । ९ बर्षको उमेर देखि सारङ्गी बजाउने पेशाकै रुपमा लिएका दिलबहादुर गन्धर्वलाई अहिलेको अवस्थाले निकै बिरक्त बनाएको छ । ‘‘नौ वर्षको उमेरमा सारङ्गी भिरेर घरबाट निस्केको हुँ, १०–१२ वर्ष अघिसम्म त सारङ्गी बजाएर गाउँघर डुल्दा खुब मानमनितो हुन्थ्यो, पैसा र अन्न पनि राम्रै पाइन्थ्यो’’ ५४ वर्षीय दिलबहादुर गन्धर्वले भन्नुभयो–‘‘अहिले त समय फेरियो, मान्छेले सुन्ने चाहँदैनन् ।’’

सारङ्गी बजाएर र गीत गाएर गुजारा नचल्ने भएपछि गन्धर्व समुदायमा विस्तारै आकर्षण घट्न गएको छ । यस्ता बाजाहरु बनाउनेले पनि विस्तारै बनाउन छाडेकाले भोलि नयाँ पुस्ताले यी परम्परागत बाजा र गीतसङ्गीत हेर्न र सुन्न कठिन हुने अवस्था आउन नदिन देशको मौलिकता झल्किने यस्ता सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा समयमै ध्यान दिनु आवश्यक छ ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result