धनगढी पुस १० । सहारा युवा क्लब, पहलमानपुर सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरीया फारवेष्ट पशुपति कपकाे क्वाटरफाइनलमा पुगेका छन् ।
धनगढी रंगशालामा मंगलबार भएको पहिलो खेलमा सहरा युवा क्लबले हेटौंडा फुटबल एकेडेमीलाई ५–० को फराकिलो अन्तर हरायाे । सहराले तेस्राे मिनेट देखि गाेल गर्न शुरू गरेकाे थियाे । ईन्टोट बाफोरकाे गाेल मार्फत अग्रता लिएकाे सहाराका लागि २८ औं मिनेटमा साहि विष्टकाे दाेस्राे गाेल गरे । ३४ औं मिनेटमा मोहन थापाले तेस्रो गोल थपे । दोस्रो हाफमा सहाराले थप दुई गाेल गर्याे । मोहना थापा र गणेश बडुवालले एक एक गाेल गरे ।
दिनकाे दाेस्राे खेलमा सुदुरपश्चिम– ११ वाई पाएर क्वाटरफाईनल पुग्यो । भारतको उत्तराखण्डको टोली अनुपस्थित भएपछि सुदुरपश्चिम ११ वाई पाएर अन्तिम आठमा पुगेको हो ।
यस्तै अर्काे खेलमा पिएफए अत्तरीयाले दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई १–० ले हराएको हो । खेलमा नरेन्द्र साउँदकाे गाेल निर्णायक बन्याे ।







प्रतिक्रिया लेख्नुहोस्:-