Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठौँ राष्ट्रिय खेलकूद १५ दिन सर्न सक्छ : सदस्य सचिव विष्ट

पुस ११, २०७५ २:४२ मा प्रकाशित
आठौँ राष्ट्रिय खेलकूद १५ दिन सर्न सक्छ : सदस्य सचिव विष्ट
Share on FacebookShare on Twitter

राँझा, ११ पुस :  राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताउनुभएको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुन सक्छ भन्नुभयो । अहिलेसम्म आठाैं राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति प्रस्ताव गरिएको छ ।

“आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ ।”, उहाँले भन्नुभयो, “मुख्यगरी नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशाला हाम्रो लागि चुनौती बनेको छ ।”

प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुनसक्ने सदस्य सचिव विष्टको भनाइ थियो । “अत्याधुनिक प्रविधिको रङ्गशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ तर, एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ ।”, उहाँले भन्नुभयो, “सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौंँ ।”

सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न आजैदेखि सचिवालय स्थापना गरिएको बताउनुभयो । प्रतियोगिताको सचिवालय नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको छ । परिषद्का सदस्य विनोद मैनाली संयोजक र प्रदेश नं ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result