काठमाडौँ, ११ पुस : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधवार हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले हरायाे ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सबै गाेल दाेस्राे हाफमा सम्भव भए । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले दुई तथा गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल गरे । जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्राैं स्थानमा छ ।
‘ए’ डिभिजन लिगजावलाखेलको तेस्रो जीत
एन्फा कम्प्लेक्स मैदानमा भएकाे दिनकाे अर्काे खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबलाई २–१ गोल हरायाे । जावलाखेलकाे याे जारी लिगमा तेस्रो जीत हाे । जावलाखेललाई जीत दिलाउन अरुज सिंह र फोडे फोनानाले एक–एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।
जीतसँगै जावलाखेलले एघार खेलबाट तीनमा जीत, दुईमा बाराबरी तथा छ वटामा पराजित हुँदै ११ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ । पराजित मच्छिन्द्र छ अङ्कका साथ लिगकोे १२औँ स्थानमा छ ।
फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे
लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ । हल्चोकस्थित सशस्र प्रहरी बलकाे मैदानमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेण्ड्सका डिफेण्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । खेलको ७८औँ मिनेटमा फ्रेण्ड्सले असिम भुुषालको गोलमाफर्त खेल बराबरीमा ल्याएको थियो । बराबरीपछि एनआरटी पाँच अङ्कसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११ अाैं स्थानको फ्रेण्ड्सले नौ अङ्क जोड्न सफल भयो । एघारौँ चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटा मात्र खेल जित्न सकेको छ ।
–––







प्रतिक्रिया लेख्नुहोस्:-