Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एन्फा निर्वाचनमा अनियमितताको आरोप, एन्फा प्रवक्ता  राई  भन्छन आरोपमा कुनै तुक  छैन 

पुस ११, २०७५ ३:२० मा प्रकाशित
एन्फा निर्वाचनमा अनियमितताको आरोप, एन्फा प्रवक्ता  राई  भन्छन आरोपमा कुनै तुक  छैन 
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ पुस : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

राजधानीमा बुधवार पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)लाई उपलब्ध गराउने बताउनुभयो ।

एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत वैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताउनुभयो । “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उहाँहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उहाँले भन्नुभयो । मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उहाँले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं ।”

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result