काठमाडौं । नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन्।
सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार पनि फेरिने प्रचलन छ। महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार नियुक्त गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-