Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रतिनिधिसभाको  बैठक : उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा

पुस १३, २०७५ १:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

काठमाडौँ, १३ पुस :  सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभयो ।

उहाँले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गर्नुभयो ।

उहाँले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म हत्यारा पत्ता नलाग्दा नागरिकमा निराश पैदा भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

सरकारी बैंकको सेवा प्रभावकारी भएन 

सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

उहाँले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

सडक दुर्घटनामा सरकारले ध्यान दिएन 

सांसद रेशा शर्माले देशव्यापी रुपमा सडक दुर्घटना बढेको भए पनि त्यसलाई न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रभावकारी कदम नचालिएकामा गुनासो गर्नुभयो । उहाँले वर्षेनी सडक दुर्घटना बढ्दै गए पनि सडक मर्मत तथा सम्भारमा ध्यान नदिइएको, पुराना र थोत्रा सवारी साधन विस्थापनमा ध्यान नदिइएकामा आपत्ति जनाउनुभयो ।

सांसद नवराज सिलवालले नेपालमा निर्माण भएका ३० हजार किलोमिटर सडकमध्ये एक तिहाइ बढी सडक गलत तवरले निर्माण भएका कारण सवारी दुर्घटनाको मात्रा बढेको जानकारी गराउनुभयो । उहाँले चालकको लापरवाही, थोत्रा सवारी साधनका कारण दुर्घटना बढेको भन्दै सरकारले ठोस् नीति निर्माणका लागि कार्यदल बनाउन सुझाव दिनुभयो ।

त्यस्तै सांसद हितबहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्र रहेको नुवाकोटमा समेत सडक दुर्घटना हुँदा २१ जनाको ज्यान गएको र थुपै्र घाइते भएको तथ्य पेश गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभयो । उहाँले फरार भएका चालकलाई पक्राउ गरी कारवाही गर्न र सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन माग 

सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेशका कारण देशव्यापी रुपमा कर्मचारी आन्दोलित भएको भन्दै विगतमा नै ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रदेश लोक सेवा आयोग, कर्मचारी समायोजन ऐन ल्याइएको भए हाल समस्या नआउने भन्दै उहाँले सरकारले कर्मचारी समायोजनमा ध्यान नदिइएकामा आपत्ति जनाउनुभयो ।

उहाँले अध्यादेश फिर्ता लिएर तीन वटै तहको कर्मचारी समायोजनसम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद थापाले आफूहरु सरकारसँग मिलेर नै काम गर्न तयार रहेकाले आवश्यक कानून ल्याउन अनुरोध गर्नुभयो ।

सांसद नरबहादुर धामीले सरकारले ध्यान नदिँदा देशव्यापी रुपमा भूमाफिया बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गर्नुभयो । सांसद झपट रावलले भूमिहिन र सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र उनीहरुलाई राज्यको मूलप्रवाहमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मूल्य र मान्यता विपरीत पूर्व राजाले दिएको अभिव्यक्ति र गतिविधि नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्र राय यादवले शान्ति, स्थिरता र सुशासनका लागि मधेसी जनताले उठाएको माग सम्बोधन गर्न सरकारले ध्यान नदिएको र संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएकामा गुनासो गर्नुभयो । रेशम चौधरीले सांसदको शपथ ग्रहण गर्न समेत नपाएको भन्दै उहाँले तत्काल मुद्धा फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उखु किसानको माग सम्बोधन गर्दै तत्काल उखु पेलाइको व्यवस्था मिलाउन र गत वर्षमा बाँकी रहेको रकम समेत किसानलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तेजुलाल चौधरीले रेशम चौधरीको मुद्धा फिर्ता लिई तत्काल प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराउन आग्रह गर्नुभयो ।

पशुपतिमा तीर्थयात्रीले दुःख पाए 

नेपालको पहिचानसँग जोडिएको पशुपतिनाथमा यात्रु तथा धर्मावलम्बीले दुःख पाएको भन्दै सांसद वृजेशकुमार गुप्ताले सामान्य मानवीय सुविधा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले तीर्थयात्रीले पानी पिउन नपाएको, नुहाउने तथा पूजा गर्ने सहज व्यवस्था समेत नभएको, खान पकाउने स्थान समेत नभएको भन्दै पर्यटन प्रवद्र्धनमा जोड दिएको सरकारले किन त्यता ध्यान नदिएकामा गुनासो गर्नुभयो । सरकारले नेपाल भ्रमण वर्षको कार्यक्रम घोषणा गरेको सन्दर्भमा धार्मिक स्थलमा अत्यावश्यक सेवा तथा सुविधा उपलब्ध गराउनुपर्ने सांसद गुप्ताको भनाइ थियो ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result