Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमा पहिलो पटक कालिज व्यवसाय सञ्चालन

पुस १३, २०७५ २:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

शरद शर्मा

काठमाडौँ, १३ पुस : नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरेको हो ।

प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताउनुभयो । फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज पाल्न थालिएको बताउँदै उहाँले फ्रान्सबाट ल्याएका १० हजार २७५ अण्डामध्ये ह्याचारीका माध्यमबाट करीब चार हजार चार सय बच्चा उप्पादन भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य दिलु पन्त, युवा सङ्घ नेपालका महासचिव नरेश शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, दीपक दुवाडी, बाबुराम श्रेष्ठ र ज्ञानेन्द्र तिमिल्सेनाले उक्त फार्ममार्फत कालिजपालन गर्नुभएको हो ।

करीब एक करोड ५० लाख लगानीमा ११ रोपनी क्षेत्रफलमा कालिजपालन व्यवसाय शुरु गरिएको छ । जेठदेखि पालन शुरु गरिएको कालिज अहिले खानयोग्य भएका छन् । ‘‘करीब ६ महीना पालेपछि कालिज अहिले दुई किलो २५० ग्रामसम्म भएका छन्,” अध्यक्ष भट्टराईले भन्नुभयो, “हामीले खानका लागि बिक्री वितरण गर्दै आएका छौँ ।” अहिले एक महीनादेखि प्रतिकालिज रु तीन हजार ५०० का दरले बिक्री वितरणसमेत हँुदै आएको छ । अहिले दैनिक २० वटा दरले फार्म र काठमाडौँमा रहेका कालिज रेस्टुरेन्टबाट बिक्री भइरहेको छ ।

युवा सङ्घको सचिव हुँदा इटाली गएको बेला ‘रैटी’ भन्ने ठाउँमा रहेको कालिज फार्म हेरेपछि नेपालमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको शाहीले बताउनुभयो । ‘‘जैतुन खेतीको अध्ययन गर्न इटाली गएको थिएँ,’’ उहाँले भन्नुभयो, ‘‘त्यहाँबाट फर्किंदा साथीहरुको अनुरोधमा कालिजको फार्म हेर्न गयौँ, अनि नेपालकै जस्तै वातावरणमा कालिजपालन गरेको देखेर यहाँ कालिज पाल्न शुरु गरेका हाँै ।’’ कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि राम्रो हुने गरेको छ ।

शाहीले शुरुमा कालिजपालनका लागि प्रयास गरे तापनि नेपालका कानूनले दिएन । संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेपछि यसको पालन शुरु गरेको उहाँले बताउनुभयो । कम्पनी रजिस्ट्रार कार्यालयमा फार्म दर्ता गरेर कृषि मन्त्रालयको अनुमति लिई अहिले कालिज पालन गरेको उहाँको भनाइ छ ।

कालिज हेर्नका लागि फार्ममा दैनिक सयभन्दा बढी मानिस आउने गरेका छन् । ‘‘हामीले कालिजको कुरा गरेपछि कालिज पाइन्छ भनेर मानिसहरुले सोध्ने गरेका छन्,’’ शाहीले भन्नुभयो, ‘‘अनि ती मानिसलाई हामीले फार्म नै लगेर कालिज देखाउने गरेका छौँ, मन परेका मानिसले फार्मबाट नै मासुका लागि किनेर लैजान्छन् ।’’

शुरुमा बचाउन मुस्किल परेका कालिज अहिले भने पाल्न सजिलो भएको फार्मका इन्चार्ज धिरेन्द्र शाही बताउनुहुन्छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

चन्दा मागेर राजनीतिक गर्नुभन्दा आफैँ व्यवसाय सञ्चालन गरेर राजनीति गर्न आफूहरुले कालिज व्यवसाय सञ्चालन गरेको नेकपाका केन्द्रीय सदस्य पन्तले बताउनुभयो ।

कालिज व्यवसाय देशभरि नै विस्तार गरिने 

प्रालिका अध्यक्ष भट्टराईले जेठसम्म अहिले भएका पोथी जातका कालिजबाट ४० हजार थप कालिज उप्पादन गर्ने बताउनुभयो । ‘‘एउटा पोथी कालिजले ३० देखि ५० वटा अण्डा उप्पादन गर्दछन्,’’ उहाँले भन्नुभयो, ‘‘ती अण्डाबाट थप ४० हजार कालिजका बच्चा उत्पादन गरी कालिज व्यवसायलाई अझ बृहत् बनाउनेछौँ ।’’ फागुनमा पोथी कालिजले अण्डा उप्पादन गरेपछि ह्याचारीबाट जेठसम्म बच्चा उत्पादन गर्ने तयारी छ ।

उहाँले ४० हजार थप कालिजका बच्चा उत्पादन भएपछि काठमाडौँ, इलाम, पोखरा, पाल्पा र अर्घाखाँचीमा फार्म सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । काठमाडौँ उपत्यकामा भने आफँै र अन्य ठाउँमा स्थानीय जनताको ५० प्रतिशत साझेदारीमा फार्म सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

कालिज रेस्टुरेण्ट 

उक्त समूहले कालिजको मासुको विभिन्न परिकारका लागि बागबजारमा ‘कालिज रेस्टुरेन्ट’ सञ्चालन गरेको छ । यही पुसदेखि सञ्चालनमा आएको रेस्टुरेन्टमा कालिजको सेकुवा, तास, सुप, ममलगायत परिकार खान पाइन्छ । रेस्टुरेन्टमा नै कालिजको बिक्री वितरणसमेत हुने गर्दछ ।

रेस्टुरेन्टमा दैनिक सयभन्दा बढी मानिस कालिजको परिकार खान आउने गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । कालिजको मासु खोजेर खानका लागि रेस्टुरेन्टले उपयुक्त भएको उहाँको भनाइ छ । कालिज विशेषगरी अरूलाई उपहारका रुपमा दिनका लागि किन्ने गरेको पनि उहाँले बताउनुभयो ।

यसैगरी शाहीले काठमाडाैका विभिन्न ६ ठाउँमा ‘कालिज रेस्टुरेन्ट’ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result