काठमाडौँ, १३ पुस : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ३–१ गोल हराएकाे छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा थ्रीस्टारले एक शुन्यकाे अग्रता खेर फाल्याे । १३औँ मिनेटमा आबाङ अलबर्टले थ्रीस्टारलाइ अग्रता दिलाएका थिए । तर त्यस पछि पुलिसका निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे ।
२०औँ मिनेटमा पुलिसका निरकुमारले गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । दाेस्राे हाफमा पुलिसले दुइ गाेल थप्याे । ४७औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अभिषेकले पुलिसको अग्रता दोब्बर बनाए । ५५औँ मिनेटमा भोलाले आफ्नो एकल प्रयासमा गोल गर्दै पुलिसलाई ३–१ को सहज जित दिलाए ।
यसजितसँगै एघार खेल खेलको पुलिस १८ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा उक्लेको छ । पराजित भएको थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमायो । समान एघार खेलको थ्री स्टारको २३ अङ्क छ ।
दिनकाे अर्काे खेलमा त्रिभुवन अार्मी क्लबले सरस्वती क्लवलाइ चार शुन्यले हरायाे । अार्मीका लागि भरत खवासले दुइ तथा नवयुग श्रेष्ठ एक गाेल गरे । अर्काे गाेल अार्मीले उपहार मार्फत पाएकाे थियाे । सरस्वतीका कादीरी इब्राहिम अात्मधाती गाेल गरेका थिए । लिगमा मनाङ मर्याङ्दी क्लब अाफ्नाे अन्तिम दुइ खेल अगाडि नै च्याम्पियन भइ सकेकाे छ ।








प्रतिक्रिया लेख्नुहोस्:-