काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको इन्द्र बानियाँलाई परिापजत गर्दै नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।
संसदीय दलको बुधबार भएको निर्वाचनमा लामाले बानियाँलाई हराएका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले जम्मा १६ मत मात्रै ल्याउन सके ।
दलको नेतामा निर्वाचित लामा र पराजित भएका बानियाँ दुवै संस्थापन समूहकै हुन् । बानियाँलाई संस्थापनइतर समूहको पनि समर्थन थियो । लामा कांग्रेस केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् ।







प्रतिक्रिया लेख्नुहोस्:-