काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई नियुक्त गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले सरकारको सिफारिसमा बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको जानकारी दिए ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया लेख्नुहोस्:-