Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वाग्मती सफाइ महाअभियानको २ सय ९४ हप्तामा, २६ मेट्रिक टन फोहर व्यवस्थापन

पुस १४, २०७५ ११:५६ मा प्रकाशित
वाग्मती सफाइ महाअभियानको २ सय ९४ हप्तामा, २६ मेट्रिक टन फोहर व्यवस्थापन

afudtL ;/;kmfO{ g]kfnL ;]gf,g]kfn k|x/Lnufot ;j{;fwf/0f zlgaf/ sf7df8f}Fsf] s'k08f]nl:yt afudtL gbLsf] @($ xKtfsf] ;/;kmfO cleofgdf ;xefuL x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

Share on FacebookShare on Twitter

पूर्णप्रसाद मिश्र 

काठमाडौँ ।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २ सय ९४ हप्तामा ललितपुरतिरको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाको वडा नं २ र १० का निर्वाचित जनप्रतिनिधिलगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।

सफाइमा २१ संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको नदी सफाइको २५५ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेजअघिको नदी किनारमा सफाइ गरियो ।

नगरपालिका–७ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउनसमेत आह्वान गरेको छ ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ महाअभियानको ३०० औँ हप्तासम्म गोकर्णेश्वर नगरपालिकाको माकालबारीमा स्नान गर्न सकिने गरी सफाइ गरिने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले छ महीनासम्ममा वडामा प्लाष्टिक निषेध गर्ने अभियान चलाइने वाचा गर्नुभयो । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २४९ हप्तामा रातोपुल–सेतोपुल–रुद्रनगर टोलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइ अभियानको २२१ हप्तामा टोखा नगरपालिका–९ र तारकेश्वर नगरपालिका–१० को सीमास्थित मनमैँजु पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई सुनाउनुभयो ।

मनोहरा नदी सफाइको ९४ औँ हप्तामा सञ्जय साइ आश्रमअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । कार्यक्रममा पूर्वशहरी विकास सचिव किशोर थापा, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहाललगायतको समेत सहभागिता थियो ।

चक्रपथ सफाइ अभियानको ९० औँ हप्तामा गोङ्गबु चोकबाट सामाखुशी चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भई सफाइकर्मीको हौसला बढाउनुभएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री भट्टराईले घर घरबाट फोहर सडकसम्म नआउने गरी जनचेतनामूलक अभियान चलाइनुपर्नेमा जोड दिनुभयो । चक्रपथका दायाँबायाँको सडक किनारमा लामो समयदेखि बिग्रिएका सवारी साधन पार्किङ, निर्माण सामग्री थुपार्नेलगायत सीमा अतिक्रमणका काम भएकाले काठमाडौँ महानगरपालिकालाई छिटो हटाउन माग गरिएको संयोजक टण्डनले सुनाउनुभयो ।

आलोकनगर सफाइको ९० औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियानसमेत चलाइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरे पनि सोचेजति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result