काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि पुस १८ भित्र उम्मेदवार सिफारिश गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ ।
आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्देशन दिएको हो । ।
यस्तै, राप्रपाले ३०२औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने निर्णय यसअघि नै भएको निर्णयलाई अनुमोदन गरेको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान कार्यक्रम गर्ने, भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली गर्ने भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-