Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

चैत्र ५, २०७४ १:४५ मा प्रकाशित
रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित
Share on FacebookShare on Twitter

मस्को, ५ चैत /  रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उहाँले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।

उनीहरुकाअनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुग्नुभएको छ ।

राष्ट्रपतीय चुनावमा यो उहाँको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्नुहुने भएको बताइएको छ ।

त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उहाँलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।
यो उहाँको चौथो कार्यकाल हो । उहाँले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।

यस पटकको राष्ट्रपति निर्वाचनमा उहाँसहित आठजना उम्मेदवार थिए । तर उहाँपछि मत ल्याउने अर्थात् उहाँका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन हुनुहुन्थ्यो ।

पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।

यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।

रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उहाँको अस्वभाविक धेरै आएको छ ।

अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।

पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आउनुभएको छ । पछिल्ला सर्वेक्षणहरुले उहाँलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।

यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।

राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उहाँले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।

जनताले मेरो कामको अनुमोदन गरे— राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गर्नुभएको छ ।

त्यस सम्बोधनमा उहाँले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताउनुभएको थियो ।

उहाँले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताउनुभयो । उहाँको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।

यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिनुभयो । उहाँले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राख्नुभयो ।

पत्रकारको प्रश्न— फेरि पनि उठ्ने कि ?
त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उहाँलाई फेरि अर्काे ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए ।

राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँस्नुभएको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस प्रश्नलाई उहाँले एउटा ठूलो ठट्टा भनेर जवाफ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो— यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन ।

राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भन्नुभयो— केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन ।

चिनियाँ राष्ट्रपति चिनफिङको बधाई
यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँ रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बन्नुभएको छ । पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति चिनफिङले पुटिनलाई एक सन्देश पठाई बधाई दिनुभएको समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार समिति सिन्हकाअनुसार उहाँले पठाउनुभएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने उहाँले अपेक्षा गर्नुभएको छ ।
पुटिनको नेतृत्वमा उहाँको आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति चिनफिङले बताउनुभएको छ ।
उहाँले भन्नुभयो— यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा आफूले गरेको उहाँले सो सन्देशमा जनाउनुभएको छ । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result