Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह

चैत्र ७, २०७४ १:२८ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ७ चैत / वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्नुभएको छ ।

भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो नदिएपछि जिल्ला समन्वय समिति भक्तपुरले आज अस्पतालमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले कुनै पनि हालतमा आइसियु सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई निर्देशन दिएको हो ।

एकसय तेह्र वर्ष पुरानो भक्तपुर अस्पतालमा आइसियु सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा तत्कालीन अस्पताल व्यवथापन समितिका अध्यक्ष एवं वर्तमान जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको पहलमा रु एक करोड ५० लाखको प्राविधिक सामान ल्याए पनि ती सामान अहिले थन्किएर बसेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आगामी तीन महिनाभित्र आइसियु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारी अस्पतालमा आइसियु नहुँदा निजीमा बिरामी रिफर गर्ने र त्यहाँबाट कमिसन खाने प्रवित्ति बढ्दो छ, निजीमा बिरामी रिफर हुँदा दोहोरो मारमा बिरामी पर्ने गरेका छन्, त्यसैले आगामी तीन महिनाभित्र आइसियु चलाउनुहोस् ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतल सो अस्पतालमा आइसियु सञ्चालनका लागि योजनासहित नगरपालिकामा आए सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आइसियु सेवा सञ्चालनका लागि आएको सामाग्रीको सदुपयोग गरेर सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

शून्यबाट सेवा शुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले धेरै प्रगति गरेपनि भक्तपुर अस्पताल खस्किदै गएको उहाँको भनाइ थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले आइसियु सञ्चालनका लागि बनाइएको पूर्वाधार कामै नलाग्ने भएकाले काम नभएको जनाउनुभयो ।

उहाँले भन्नुभयो–“एक त आइसियु कक्ष पनि काम छैन, अर्कोतर्फ आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति छैन, रिक्समा आइसियु सञ्चालन गर्न सकिदैन, बरु उच्च उपचार कक्ष चलाउन सकिन्छ ।” रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result