Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

चैत्र ८, २०७४ ४:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत्र/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उहाँले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इदलिबलगायतका क्षेत्रमा हमलागर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकोले यसका लागि सबैको ध्यानाकर्षण गराउनुभएको हो । सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानविन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उहाँको यो प्रतिक्रिया आएको हो ।

सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषदको बैठकमा सदस्य राष्ट्रहरुले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए । महासचिव गुथ्रेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाई उद्धृतगर्दै भन्नुभएको छ— यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो, त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई कामगर्नु जरुरी छ ।

परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनगर्दै भइरहेका गतिविधिहरु बन्दगर्न मंगलबार छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा छलफल गरेका थिए । यस छलफलपछि उहाँको यो अभिव्यक्ति आएको हो । महासचिव गुथ्रेसले अपराधको छानबिन गरौँ र यदि यस्ता अपराधहरु प्रमाणित भएभने त्यसमा संलग्नहरुलाई कडा कारबाही गर्ने काममा सबैजनाको ऐक्यबद्धता जरुरी छ ।

रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरुको पनि जोड थियो । मार्च महिनामा परिषद्को अध्यक्षता गर्नुभएका राष्ट्रसंघका लागि डेनमार्कका राजदूत कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरुको खोजी गर्नुपर्ने बताउनुभयो ।
महासचिव गुथ्रेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य हो भन्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथिको जघन्य अपराध हो भन्नुभएको छ । गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी गुटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

महासचिव गुथ्रेसका प्रवक्ताद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली सरकारले सेनाले पछिल्लो समयमा जारी राखेको सिरियाली उत्तरी प्रान्त इदलिब, पूर्वी गुटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको जनाइएको छ । यदि यस्ता हातहतियारको प्रयोगको बारेमा सिरियामाथि हदैसम्मको कारबाही गरिने पनि महासचिव गुथ्रेसले जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजार भन्दा बढीको ज्यान पनि गएको छ । राष्ट्रसंघको शरणार्थीम्बन्धी सहायता निकायले यी पछिल्ला हवाई हमला र काबारहीका कारण चार लाखजना भन्दा बढी सिरियाली विस्थापित भएका जनाएको छ ।

घातक हतियार हानिएको छैन-सिरिया
उता सिरिया सरकारले भने विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ । सिरियाली सेनाले देशको पूर्वी गुटा क्षेत्रका साथै पछिल्लो समयमा इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भनिएका बेला उसको यो प्रतिक्रिया आएको हो । सिरियाली विदेशमन्त्रालयले हालै एक विज्ञप्ति प्रकाशनगरी अमेरिकाले लगाएको सो आरोपको खण्डन गरेको छ । उसले सो विज्ञप्तिमा सिरियाले यस्ता हतियारको प्रयोग नगरेको स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् । पछिल्लो समयमा गुटामा भएको ठूलो संख्याको नरसंहारमा यस्ता हतियार हानेको राष्ट्रसंघीय अधिकारीहरुले पनि अनौपचारिक रुपमा बताउने गरेका छन् । यसै विषयमा गहन रुपमा खोजी गर्नुपर्ने माग सुरक्षा परिषदको मंगलबारको बैठकमा उठेको छ । सोही बैठकपछि महासचिव गुथ्रेसले यस विषयलाई कडा अनुसन्धानको दायरामा ल्याइने बताउनुभएको हो । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result