काठमाडौँ, ८ चैत्र/ वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका गैर आवासीय नेपाली कामदारहरूलाई आफू कार्यरत देशबाटै मतदान गर्न पाउन दिनु भनी सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । नेपाली नागरिक मुलुकबाहिर भए पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ मञ्चले रिट निवेदन दर्ता गरेको थियो ।





प्रतिक्रिया लेख्नुहोस्:-