Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदित

चैत्र ८, २०७४ ३:३३ मा प्रकाशित
Share on FacebookShare on Twitter

धनगढी, ८चैत / प्रदेश नं. ७ को आजको प्रदेशसभा बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रस्ताव गरिएका पाँच विषयगत समितिमा रहने सदस्यको नामावलीलाई अनुमोदन गरेको छ ।

प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सिफारिसअनुसार बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रस्ताव गरेको नामावलीसहितको विषयगत समितिलाई अनुमोदन गरिएको हो । संविधानको धारा १९३ र प्रदेशसभा नियमावलीबमोजिम गठित विधायन तथा प्रदेश मामिला समितिमा प्रदेशसभा सदस्य रणबहादुर रावल, श्यामलाल राना थारु, उमाकुमारी वादी, वीरभान चौधरी, शान्ति नेपाली, मालामतीकुमारी राना थारु, तारालामा तामाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउद र सुशीला बुढाथोकी रहनुभएको छ ।

यसैगरी सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलवीर चौधरी, अमरबहादुर साउद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र वलदेव रेग्मी रहनुभएको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा गोविन्दराज बोहरा, देवराज पाठक, अम्बिकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, प्रकाश रावल, रतन थापा र पूर्णा जोशी रहनुभएको छ ।

सामाजिक विकास समितिमा डिल्लीराज पन्त, दिव्येश्वरी शाह, टेकबहादुर रैकाआउजी, नन्दबहादुर साउद, मानबहादुर सुनार, देवकी मल्ल, लालबहादुर खड्का, लीलाधर भट्ट, गेल्बुसिं बोहरा, दुर्गाकुमारी कामी र माया बोहरा हुनुहुन्छ ।

त्यस्तै प्रदेशको पहिचन झल्किने गरी बनाइने प्रतीकचिह्न निर्धारण मस्यौदा समितिमा श्यामलाल, वीरभान, बलदेव रेग्मी, लीलाधर भट्ट र मालामतीकुमारी रहनुभएको छ ।

यसअघि बैठक प्रारम्भ हुनासाथ विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले पछिल्ला दिनमा प्रदेश नं ७ मा भएका चोरी, डकैती र लुटपाटका घटनाका साथै बोक्सी प्रकरण र जनप्रतिनिधिमाथि आक्रमणको घटनाले शान्तिसुरक्षाको उचित व्यवस्था हुन नसकेको जनाउँदै शान्ति सुव्यवस्था र अमनचयनको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्यले युरोपेली सङ्घले सरकारलाई संविधानविपरीत प्रतिवेदन दिएको भन्दै विरोध गर्नुभयो । उहाँहरूले शिक्षा क्षेत्रमा भइरहेको मनपरीतन्त्र रोक्नुपर्ने, भूमिहीनको समस्या समाधान हुनुपर्ने, छाडा चौपायाको व्यवस्थापन हुनुपर्ने, महिलाको मौलिक अधिकारको संरक्षण गर्नुपर्ने, पहाडी जिल्लामा बढेको बाँदर र बँदेल आतंक रोकथाम गर्नुुपर्ने, धर्मका नाममा भइरहेका कुरीतिको अन्य गर्नुपर्ने र समयमै किसानलाई उचित मल बीउको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

विशेष समयमा बोल्नेमा नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा(एमाले)का लीलाधर भट्ट र अमरबहादुर साउद तथा नेकपा (माओवादी केन्द्र)की शान्ति नेपाली हुनुहुन्थ्यो । प्रदेशसभाको अर्को बैठक यही चैत १५ गते अपराह्न १ बजे बस्नेछ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result