Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल

चैत्र १०, २०७४ १:१४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौं, १० चैत/ हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यसपटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रुपमा अथ्र्याएका छन् भने आलोचकले प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको कदम भनेका छन् ।

यही मार्च ५ मा सम्पन्न चिनियाँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनले राष्ट्रपतिको दुई कार्यकालको संवैधानिक प्रावधान खारेज गरी नयाँ व्यवस्था गरेको हो । चिनियाँ राष्ट्रिय एकता सम्वद्र्धनको रुपमा यसलाई व्याख्या गरिएको छ । आधुनिक, समृद्ध एवम् नयाँ व्यवस्थासहितको समाजवाद निर्माणका लागि यस्तो प्रावधान राखिएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार आधुनिक चीनको दीर्घकालीन लक्ष्य हासिल गर्न नेतृत्वले चालेको यो एउटा महत्वपूर्ण र विशिष्ठ प्रस्ताव हो । चिनियाँ जानकारले चीनको नयाँ व्यवस्थालाई सि चिनफिङ विचारधाराको उच्चतम् कार्यदिशा समेत भनेका छन् ।

चिनियाँ जनकांग्रेसले गरेको यो निर्णयप्रति पश्चिमी सञ्चारमाध्यममा धेरै नकारात्मक टीकाटिप्पणी गरेका छन् । उनीहरुले चीनको आन्तरिक मामिलामा समेत दख्खल दिने खालका भनाइ सार्वजनिक गर्दै राष्ट्रपति सिलाई आजीवन तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । उनीहरुले चीन अब राजनीतिक सुधार र प्रजातान्त्रिक मूल्यभन्दा धेरै टाढा पुगेका तर्कसमेत गरेका छन् ।

तर चिनियाँ सरकारी अधिकारी तथा सञ्चार माध्यमले चीनले नयाँ प्रयोग गरेको र समुन्नतीका लागि चिनियाँ जनकंग्रेसको निर्णय वस्तुगत र व्यवहारिक रुपमा समेत महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले चीनको विषयमा अनावश्यक दख्खल नदिनसमेत पश्चिमा सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिले राष्ट्रिय कांग्रेसलाई सम्बोधनगर्दै छ वटा महत्वपूर्ण विषयलाई विशेष महत्व दिनुभएको चिनियाँ सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रचारप्रसार गरेका थिए । त्यसमा हङकङ, ताइवान, आन्तरिक मामिला, विश्व दृष्टिकोण, सैन्य क्षमता र सामाजिक तथा आर्थिक विकासका विषय समेटिएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले चेयरम्यानको रुपमा सम्बोधनगर्दै आएको माओ त्से तुङपछि सर्वशक्तिमान महासचिवका रुपमा राष्ट्रपति सिले ती विषयलाई विशेष प्राथमितकामा राख्नुभएको हो ।

चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टकाअनुसार राष्ट्रपति सिले ताइवानको विषयमा आफ्नो प्रष्ट धारणा राख्नुभएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ ‘चीनको एक इन्च भूमि पनि गुम्न नदिने र आफ्नो सार्वभौमसत्ता र अखण्डतामा आँच पु¥याउने काम कोही कसैबाट भए त्यो आफूहरुलाई सह्य नहुने’ राष्ट्रपतिले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘सरकार शान्तिपूर्णरुपमा ताइवानसँगको सम्बन्धलाई थप सुमधुर बनाउन चाहन्छ । आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्न चाहन्छ । तर त्यसलाई अलगथलग गर्ने प्रयास कोही कसैबाट भए त्यसको सशक्त प्रतिकार गरिन्छ र सार्वभौमसत्ताको रक्षा गरेरै छोडिन्छ ।’

एक देश दुई प्रणाली रहेको हङकङको विषयमा समेत राष्ट्रपति सिले आफ्नो सम्बोधनका क्रममा विशेष उल्लेख गर्नुभयो । उहाँले हङकङका जनताको भावनालाई थप मजबूत गर्न र उनीहरुको राष्ट्रभक्तिको भावनालाई थप सबल बनाउन लागिपर्ने स्पष्ट पार्नुभएको थियो ।

यसैलाई चिनियाँ जनताले राष्ट्रवादी नेताको महान् प्रयास भन्दै सम्बोधन गरेको चिनियाँ राजनीतिक शास्त्रका प्राध्यापक ली युनको टिप्पणी छ । उहाँले अन्तरराष्ट्रियरुपमा भातृत्व, सहअस्तित्व तथा मैत्री सम्बन्धलाई पनि बढावा दिने विषयलाई आफ्नो सम्बोधनको महत्वपूर्ण विषयमा रुपमा समावेश गर्नुभएको थियो ।

‘शान्ति, विकास तथा मानवीय सहयोगका साथ चीनले विश्वभर नै आफ्नो विश्वास फैलाउनु जरुरी छ’ सिले विशेष जोडदिदै भन्नुभयो ‘गरिबी, अशान्ति र भोकमरीबाट पीडित भएका विश्वका धेरै देशलाई हामीले सेवा र सहयोग उपलब्ध गराउनुपर्दछ । यो हाम्रो विश्वव्यापी भूमिका हुनु जरुरी छ ।’

आन्तरिकरुपमा भ्रष्टाचारको नियन्त्रण र कम्युनिस्ट पार्टीलाई जनताको सेवकका रुपमा थप परिचित र विस्तार गर्नु जरुरी रहेको छ । भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशिलताको नीतिलाई थप कार्यान्वयन गर्दै ‘जनतामा जाऊ’ गरिबी, अभावलाई पूर्णरुपमा नियन्त्रण गर भन्ने मान्यतालाई आत्मसात् गरिनु आवश्यक छ’ राष्ट्रपति सिले विशेष जोडदिँदै भन्नुभएको छ ।

राष्ट्रपतिको यही आदर्शवादी भनाइ र गराइका कारण माओ त्से तुङपछि सर्वोच्च शक्तिशाली हुने अवसर प्राप्त भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले आधुनिक चीनको एक सर्वश्रेष्ठ नायकका रुपमा सि को भूमिकालाई प्रशंसा गरेका छन् ।

सि जुन माइले साउथ चाइना मर्निङ पोष्टमा भन्नुभएको छ ‘सर्वश्रेष्ठ नेताका केही विशिष्ठता हुँदा रहेछन् । त्यसमा उसले गर्ने नेतृत्व र विचार राजनीतिक, आर्थिक तथा समाजलाई पनि डो¥याउँदोरहेछ । जुन क्षमता अहिले चीनले सिबाट पाएको छ ।’

‘कार्यकाल भनेको काम गर्ने समय हो । आधुनिक र समृद्ध चीन निर्माणका लागि सिले चाहे जति समय व्यतित गरुन’ अधिकाशं चिनियाँ यसमा सहमत छन् ।

पछिल्लो पाँच वर्षमा चीनले गरेको गुणात्मक विकास र नयाँ मार्गदर्शनले विश्व शक्तिलाई एसियामा केन्द्रीत गरिदिएको छ । चीनले देखेको सपना पूरागर्ने र महाशक्तिको उसको यात्रामा सिको नेतृत्व अपरिहार्य रहेको विषयलाई समेत स्थापित गरिदिएको छ । ओबर परियोजनामार्फत विश्वलाई जोड्ने महान् यात्रादेखि भ्रष्टाचार विरुद्धको कारवाहीले सिलाई जनता माझ थप लोकप्रिय बनाइदिएको छ । जुन लोकप्रियतालाई जनकङ्ग्रेलिे अनुमोदन गरेको हो ।

यस्तै चिनियाँ सशस्त्र फौजको शसक्तिकरणलाई पनि विशेष जोड दिइएको छ । नयाँ युगको आधुनिक एवम् विशिष्ठकृत सैन्य बल बनाउने लक्ष्यलाई साकार रुपदिँदै विज्ञान तथा प्रविधिले सुसज्जित बनाउने योजना कार्यान्वयन गर्ने नीति चीनले लिएको छ ।

राष्ट्रपति सिले सेनालाई आधुनिककरण गर्ने विषयलाई समेत आफ्नो महत्वपूर्ण कार्यभारको रुपमा चर्चा गर्दै विश्वलाई नै नेतृत्व दिनसमेत तयार हुनुपर्ने विषय समेट्नु भएको छ । चीनमा भएको संविधान संशोधन र रूसमा पुटिनको राष्ट्रपतिमा पुनःविजयलाई पश्चिमाहरुले अस्वाभाविक घटनाको रूपमा पनि चित्रण गरेका छन् ।

चीनमा वर्तमान राष्ट्रपति सी र रूसमा राष्ट्रपति भ्लादिमिर पुटिन अझ बढी बलियो र जनताको प्रिय हुनुको पछाडि अमेरिकाले नेतृत्व गरिरहेको भनिएको पश्चिमा शक्तिको व्यवहारले पनि काम गरेको छ । धेरैले शीतयुद्धको अन्त्यपछि विश्वभर नै अमन चयनको आशमा बसेकालाई अमेरिका र पश्चिमाले गरेको व्यवहार पनि सही साध्य विषय बनेको छैन ।

मानवअधिकारको नाममा होस् वा अन्य कुनै न कुनै वाहानामा भएका आक्रमणको कुनै पनि नैतिक मूल्य पश्चिमाले चुक्ता गर्न नसकेको सन्र्दभमा चिनियाँ राष्ट्रपतिको नयाँ यात्रा उनीहरुका लागि नितान्त फरक विषय हुन जान्छ ।

चिनियाँ राष्ट्रपति सिले संविधान संशोधन पश्चात् आफूलाई मनलाग्दा सम्म राष्ट्रपति रहन पाउने निर्णय गर्नुको पछाडि पनि पश्चिमाको चीनलाई कमजोर बनाउने रणनीतिले काम गरेको छ । चीन विश्व शक्ति बन्दै गरेको अवस्थामा पश्चिमाका लागि त्यो नै सबैभन्दा बढी टाउको दुखाईको विषय बनेको छ ।

तत्कालीन चिनियाँ नेताहरु जियाङ जेमिन र हु जिन्ताओले आआफ्नो कार्यकालमा चीनलाई एउटा सशक्त राष्ट्र बनाउने दिशामा कयौं कदम चाल्नुभएको थियो । हुको कार्यकालपछि राष्ट्रपति हुनुभएका सिले बदलिँदो विश्व राजनीतलाई मध्यनजर गर्दै देशलाई अझ बढी सशक्त र एकीकृत बनाउनेतर्फ नै आफ्नो कदम चालेको देखिन्छ ।

चिनियाँ नेताहरूको एकमुष्ठ भनाइ छ ‘नेतृत्व कमजोर भयो भने हामीले हाम्रो यात्रामा धेरै कठिनाई भोग्नुपर्ने हुनसक्छ । त्यसकारण बलियो नेतृत्वको वरिपरी गोलबन्द भएर आगामी यात्रा तयगर्नु नै हाम्रा लागि श्रेयस्कर छ । किनकी हामीले सोभियत समाजवादको पतनलाई नजिकबाट देखेका छौँ ।’ चिनियाँ जनताले राष्ट्रिय एकताका लागि सिको नेतृत्वमा एकतावद्ध भएर अगाडि बढ्ने निर्णयलाई स्वागत गरेका छन् । उनीहरु चाहन्छन् ‘हामी बलिया नेताको आदेशलाई सिरोपर गर्न तयार छौँ । हामी सबैलाई सबल बनाउने अभियानमा पनि छौँ ।’ विभिन्न समाचार एजेन्सीको सहयोगमा -रमेश लम्साल/रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result