Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

बैशाख २८, २०७५ २:०४ मा प्रकाशित
भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख / गत वैशाख २४ गते प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्तरुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो ।

सो अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य, कला र संस्कृतिको खानी भोजपुरमा यसप्रकारको कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको भन्दै समग्र प्रदेशको भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनका निमित्त प्रदेश सरकारले गम्भीरतापूर्वक उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अब सबै अधिकार र साधन–स्रोत स्थानीय तथा प्रदेश सरकारमा हस्तान्तरण भइसकेको छ । तसर्थ प्रदेशभित्र वाङ्मयको सर्वाङ्गीण विकासका निमित्त केकस्तो प्रकारको भूमिका निर्वाह गर्ने भन्ने अधिकार सम्बन्धित प्रदेश सरकारको हो ।”

विविध संस्कृति झल्किने सांस्कृतिक झाँकीसहित उद्घाटन भएको कार्यक्रमलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले किरात राई जातिको बाहुल्य रहेको भोजपुर मुन्दुमी संस्कृति र अरुण सभ्यताले सम्पन्न भूमि भएको भन्दै यस्तो भूमिमा आयोजना भएको कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको विकासमा प्रदेश सरकारले यथोचित भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राज्ञ तथा वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले भाषा, साहित्य, कला र संस्कृतिको विकास नभई अन्य किसिमको विकास पनि सुस्त हुने धारणा राख्दै सम्बन्धित निकायले यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।

गोष्ठीमा पूर्ण पी. राईले ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक अवधारणा–पत्र प्रस्तुत गर्नुभएको थियो । आफ्नो अवधारणापत्रमा राईले लामो समयदेखि बहिष्करणमा परेका समुदाय र भूगोलका मानिसले राखेको शासन सत्तामा आप्mनो भावनात्मक समावेशीकरणको चाहना संघीय व्यवस्थाबाट पूरा हुने अपेक्षा गरेको र त्यसका लागि प्रदेशले प्रदेशको विशेषतामा आधारित भाषा, साहित्य, कला तथा संस्कृतिको संवद्र्धन गर्ने नीति लिनुपर्ने सुझाउनुभयो ।

रार्ईले अहिले प्रदेश सरकारले प्रदेशभित्रको बहुपक्षीय आन्तरिक समावेशीकरणको भावनालाई आत्मसात् गर्दै विविध भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नसक्ने विचार व्यक्त गर्नुभएको थियो ।

राईको उक्त अवधारणापत्रमाथि कवि तथा संस्कृतिकर्मी नवराज राई ‘वर्तमान’ र उपप्राध्यापक बाबुराम ओझाले समीक्षा गर्दै केही सुझाव दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख कैलाशकुरमार आले, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा रोहित श्रेष्ठ, नेपाली काँगे्रेसका नेता उमेशजङ्ग रायामाझी र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

नगरप्रमुख आलेले भाषा, साहित्य, कला तथा संस्कृतिको आवश्यक प्रवद्र्धनमा स्थानीय सरकारका तर्फबाट आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो भने रायमाझीले जिल्लामा यसप्रकारको कार्यक्रम आयोजना हुनु जिल्लाकै गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले प्राकृतिक छटाले युक्त सुन्दर भोजपुरमा आयोजना भएको कार्यक्रमले आफूलाई हर्षित तुल्याएको बताउँदै भोजपुरको महिमा गाउँदै आफूले रचना गरेको कविता सुनाउनुभयो ।

जिल्लास्थित नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठान र काठमाडौँका कार्यरत रामप्रसाद राई स्मृति प्रतिष्ठान तथा अरुण गाउँपालिका सरोकार समाजको सहआयोजना रहेको कार्यक्रममा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका साथै जिल्लाका नगर तथा गाउँपालिकाको विशेष सहयोग रहेको स्थानीय कार्यक्रम संयोजक तथा कवयित्री कविता राईले बताउनुभयो ।

सो अवसरमा सम्पन्न भएको बहुभाषिक कविता उत्सवमा विप्लव ढकाल, देवी घिमिरे, अमृका ताम्राकार, चन्द्र रानाहँछा, कविता राई, इन्द्रसुर बेल्टारे, प्रतिमा पोखरेल, असीम दुङ्माली, वेदनाथ ढकाल, शरणकुमार राई, विष्णुकुमार बान्तवा लगायतका कविहरूले आ–आफ्ना कविता सुनाएका थिए ।

कार्यक्रम आरम्भ हुनुअघि विविध जातिका सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरी प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र नारदमुनि थुलुङको प्रतिमामा कुलपति उप्रेती र टेम्केमैयुँ गाउँपालिकाका अध्यक्ष ध्रुवकुमार राईले माल्र्यापण गर्नुभएको थियो ।

कार्यक्रममा युवाकवि थीरलोचन श्रेष्ठको कविताकृति ‘प्रश्नपत्र जिन्दगीको’ र देवी घिमिरे तथा शशी लुमुम्बूद्वारा सम्पादित ‘कवितामा जननायक रामप्रसाद राई’ कविता सँगालोको विमोचन पनि गरिएको कवि तथा प्राज्ञ लुमुम्बुले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result