सत्ययुग देखि नै
सत्यमेव जयतेको मन्त्रोचारणवाट
अभिभूत हुदै आएका छौं हामी
त्यसैले
आजपनि हामी
सत्यको प्रतिक प्रल्हादबाट
असत्यको प्रतिक होलिका दहन भएको खुशियाली लाई
फागु पर्व भनि मान्दै आएका छौं !
वसन्त ऋतुको आगमनमा
नियाल्दै प्राकृतिक सौन्दर्य
साटेर मायाप्रिति
खेल्छन आपसमा सद्भावका साथ
रंगहरुको पर्व फागु !
आउँदै गर्छ जिन्दगीमा
सुख दुःख घाम पानी
सहदै भोग्दै सामना गर्ने
यही त हो जीवनको कहानी !
हो रातसंग दिन हुन्छ
अधमारोसंग उज्यालो हुन्छ
देहसँग छाया हुन्छ
त्यस्तै फागु पर्वमा पनि
होला कहिँ कतै अझैपनि
उच्छृंखला अभद्र दुव्यवहार
रीस ईवी र दुर्भाबना हरु
तर बुझ्नुपर्छ हामीले
मेटिन्न यतिले फा
फागुको महत्व र रमाइलो
त्यसैले गरौं
चिन्तन मनन
त्यागौ कलुषित विचार
राखौ मनमा सुविचार
र मनाऔं कालान्तरसम्म
हाम्रो फागुपर्व
रंगहरुको पर्व
सत्यमेव जयते ।
-रीतादेवी प्रधान
प्रतिक्रिया लेख्नुहोस्:-