Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

जेष्ठ १७, २०७५ १:३८ मा प्रकाशित
टोड्के क्षेत्र पर्यटकको पर्खाइमा
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, १७ जेठ / मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ ।

समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट दर्जनौँ गाउँको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । टोड्केमा आशा गरेअनुरुप आन्तरिक तथा बाह्य पर्यटक भने पुग्नसकेका छैनन् ।

कालिज, कोइली, तित्रोलगायत विभिन्न चराचुरुंगीको चिरबिर चिरबिर आवाज, पहाडको टुप्पोमा मनमोहक बस्ती, बस्ती नजिकै आलुबारी, उत्तरतिर स्वर्गद्वारी आश्रम र शिवमन्दिर, पंक्तिबद्ध हिमाल र मनमोहक ग्रामीण भेगको दृश्यावलोकन तथा चैत वैशाखतिर राताम्य भएर फूलेको लालीगुराँस टोड्केबाट हेर्न सकिन्छ । यहाँ हेलिप्याडसमेत रहेको छ ।

मंगलाको कुहूँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक पुगेपछि टोड्के रिङरोडसँग जोडिएको छ । टोड्केमा अझ धेरै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँ बताउनुहुन्छ ।

माघदेखि वैशाखसम्म लालीगुराँसले राताम्मे हुने टोड्केमा विभिन्न समयमा बनभोज खान यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । टोड्केको प्रचारप्रसार र विकास गरी पर्यटक भित्र्याउनका लागि बेलाबेलामा गुराँस महोत्सव तथा टोड्के महोत्सवको आयोजना गरिए पनि त्यो प्रभावकारी हुन नसकेको स्थानीयवासी मीनबहादुर थजाली बताउनुहुन्छ ।

मूला र आलु खेतीका लागि जिल्लामै प्रसिद्ध टोड्के आग्र्यानिक उत्पादनको नमूना क्षेत्र हो । यहाँ उत्पादन हुने मूलाले जिल्लामा ख्याति कमाएको छ । टोड्के क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले गति लिन थालेको छ । टोड्के क्षेत्र अवलोकन तथा भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटक र मालिका मन्दिर दर्शन गर्न भक्तजनलाई लक्ष्य गरी भौतिक पूर्वाधारको निर्माण तीव्र पारिएको छ । टोड्केमा गत वर्ष पर्यटन बोर्डबाट प्राप्त रु ३४ लाखको लागतमा पदमार्ग र प्रतीक्षालय निर्माण गरिएको छ ।

यहाँ पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना (वास) दोस्रो चरणको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको छ । कुहूँ पूर्णगाउँदेखि सहज पदमार्ग नै टोड्के क्षेत्रको विकासका लागि उपयुक्त देखिन्छ । सरोकारवालाले पदमार्ग विस्तार र पूर्वाधार निर्माण गरी पर्याप्त प्रचारप्रसार गर्नसके टोड्के म्याग्दीको पुनहिल र घोडेपानी जत्तिकै चर्चित पर्यटकीयस्थल बन्नसक्ने स्थानीयवासी बताउँछन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result