Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वायु प्रदुषण मधुमेहको मुख्य कारक : अध्ययन

असार १६, २०७५ १:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

पेरिस, फ्रान्स, असार १६ (रासस-एएफपी) / सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ ।

यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ ।
मधुमेह खासगरी जीवनशैलीसँग सम्वन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइएपनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने अध्ययनबाट देखिएको जनाएको छ ।
अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएका छन् । यो उक्त वर्ष मधुमेहका विरामी सङ्ख्याको १४ प्रतिशत हो ।
“हाम्रो अनुसन्धानले वायु प्रदुषण र मधुमेहबीचको महत्वपूर्ण लिङ्क भेटाएको छ,” अध्ययन समूहका प्रमुख लेखक जियाद अल अलीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदुषणले शरीरको इन्सिुलिन उत्पादन गर्ने शक्तिलाई घटाइदिने गर्छ । यसबाट स्वस्थ शरीर कायम राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई शक्तिमा रूपान्तरण गर्नबाट रोक्छ ।”
लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित अनुसन्धानले अमेरिकी वातावरण निकाय (इपिए) तथा विश्व स्वास्थ्य संगठनले सुरक्षित मानेको वायु प्रदुणणको मात्रामा पनि मधुमेहका लागि कारक मानिने प्रदुषणको तह भेटिने गरेको उल्लेख छ ।
यो महत्वपूर्ण छ किनकि धेरै उद्योगसँग सहकार्य गर्ने समूहले वायुप्रदुषणको अहिलेको तह मानवीय स्वास्थ्यका लागि उपयुक्त र प्रभावकारी मान्न सकिने बताएका छन् । उहाँले भन्नुभयो, “अहिलेको वायुको अवस्था आवश्यकता अनुसार सुरक्षित नभएको र यसलाई कडाई गर्नुपर्ने देखिएको तथ्यहरूले बताएका छन् ।”

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result