Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जार काट्ने कानूनमा आधारित नाटक

असार २४, २०७५ १:५५ मा प्रकाशित
जार काट्ने कानूनमा आधारित नाटक
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ असार /
“महाराज !
बिन्ती मलाई छाडिदिनुस्”
भर्खर विवाह गरेकी एक सुन्दर तामाङ युवतीलाई आफ्ना सुसारे लगाएर तत्कालीन श्री ३ जंगबहादुर राणाले दरबार लगेपछि ती युवती ग्याल्मोले जति पुकार गरे पनि घर फिर्ता हुन पाइनन् । उता गाउँमा उनका श्रीमान् सोनाम ग्याल्मोलाई गुमाउनुको पीडामा छटपटिरहेका थिए । उनी दरबारमा गएर आफ्नो जारलाई छिनाल्छु भन्दै घरबाट खुकरी लिएर निस्कन लाग्दा आफन्तले “दरबारसँग बलले होइन बुद्धिले लड्नुपर्छ” भनेर छेकेपछि एक दिन जुक्ति लगाएर दरबारमा भेट्न गए । उनी एक बूढो मानिसको भेषमा “जार काट्ने कानून” बारे बुझ्न श्री ३ महाराजलाई भेट्न पुगे ।

शरीर कुप्रो बनाउँदै दुई हात जोडेर “सरकार जार काट्न मिल्ने कि नमिल्ने ?” भनेर सोनामले सोध्दा महाराजबाट हुकुम भयो, “यति जाबो सोध्न यहाँसम्म आउनुपर्छ, जा गएर काट् ।” भनेपछि सोनाम रिसको चुरले “तैँ हो मेरो जार” भन्दै महाराजमाथि जाइलाग्न पुग्छन् । नाटकमा सोनाम र श्री ३ महाराज दुवै घाइते बनेको देखाइएको छ ।

जंगलमा दाउराको भारी मिलाउँदै गर्दा तत्कालीन श्री ३ जंगबहादुर राणाले शिकार खेलेर फर्कँदा युवतीलाई नै ‘आजको शिकार’ भन्दै दरबार लगेका थिए । यो कथा सोनाम र ग्ल्यामोको विवाह भइरहेको जग्गेमा दुलही पक्षले दुलाहा पक्षलाई सुनाएको कथा थियो ।

जंगबहादुर राणाको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किंवदन्तीमा आधारित यो नाटक ‘सोनाम ग्याल्मो’ को शिल्पी थिएटरमा जारी प्रदर्शनमा दर्शकको दैनिक भीड लाग्ने गरेको छ ।

साहित्यकार एवं पत्रकार फूलमान बलको लेखन र सोनाम मोक्तान तामाङको निर्देशनमा सेलो थिएटरको प्रस्तुति रहेको सो नाटकमा तत्कालीन श्री ३ जंगबहादुरले पत्थरघट्टामा शिकार खेल्न जाँदा घाँस दाउरा गरिरहेकी युवतीलाई अपहरण शैलीमा दरबारमा लगी रखौटी बनाएको र ती युवती फर्काउन उनका श्रीमान्ले गरेको संघर्ष केन्द्रभाग बनेको छ । तामाङ युवती श्रीमती ग्याल्मोले जति बिन्ती गर्दा पनि उनलाई दरबारबाट फिर्ता त के श्री ३ महाराजले बलात्कार गर्न थालेको घटना नाटकमा कारुणिक रुपमा देखाइएको छ ।

जंगबहादुरले नै जार काट्ने कानून बनाएको त्यस स्थितिमा सोनाम (सोनाम लामा) ले एक दिन दरबारमा पुगेर जार काट्ने कानूनबारे सोध्दै गर्दा सोनामले जंगबहादुरमाथि प्रहार गरेको संघर्षको विन्दुमा नाटकको अन्त्य हुन्छ । जंगबहादुरको मृत्यु जारको खुकुरी प्रहारबाट भएको थियो भन्ने प्रश्न गर्न नाटकले प्रेरित गरेको छ, तर घटना त्यहीँ विश्राम गरिएको छ ।
यही असार ११ गतेदेखि २५ गतेसम्म (मंगलबार बाहेक) साँझ ५ः३० बजे प्रदर्शन हुने नाटक हेर्न मन्त्री, राजनीतिक दलका नेता र वरिष्ठ साहित्यकार पनि पुग्ने क्रम जारी छ । शनिबारको विशेष प्रदर्शनमा पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त नाटकले तामाङ सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गरी जंगबहादुरको मृत्युसम्बन्धी नयाँ किस्सा स्थापित गर्न खोजेको बताउनुभएको थियो । आजको प्रदर्शनमा दक्षिण कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामालगायत सहभागी हुनुभएको थियो ।
नाटकमा फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता बाइबा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ र साजन लामाले अभियन गरेका छन् । यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रथम घोषित कवि बलको यसअघि ‘म्हेन्दोमाया’ नाटक प्रकाशन भयो । प्रदर्शन सकिएपछि ‘सोनाम ग्याल्मो’ पनि प्रकाशन गर्ने लेखकको तयारी छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result