Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

३६ नेपालीद्वारा फुजी आरोहण

अशोज १, २०७५ २:५९ मा प्रकाशित
३६ नेपालीद्वारा फुजी आरोहण
Share on FacebookShare on Twitter

काठमाडौँ, १ असोज / जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् ।

तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ ।

नेपाली समुदायलाई जापानको हिमाल चढाएर त्यहाँको वास्तविकता अनुभव गराउने र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

आरोहणमा २८ पुरुष र आठ महिला गरी ३६ जना नेपाली तथा दुई जापानी नागरिकको सहभागिता थियो । सहभागी ३८ जनाले नै सफलतापूर्वक फुजी हिमाल आरोहण गरेका हुन् । जापानी समयअनुसार शनिबार राति १२ बजेर ३० मिनेटमा आरोहण शुरु भएको थियो । समूहले आइतबार दिउँसो सफलतापूर्वक आरोहण गरेको हो ।

आरोहणको पथप्रदर्शकका रूपमा जापान नेपाल सोसाइटीका निर्देशक ओकुरा योसितोमी सहभागी हुनुहुन्थ्यो । उहाँले सगरमाथा एकपटक आरोहण गरिसक्नुभएको छ ।

जापान नेपाल सोसाइटीका अर्का निर्देशक शरदकुमार गौचनले कार्यकमको संयोजन गर्नुभएको थियो । उहाँले लामो समयदेखि जापानमा विभिन्न हिमाल आरोहण गर्दै आउनुभएको छ । जापानमा करीब ८५ हजार नेपाली बसोबास गर्दै आएका छन् । ३६ जना नेपालीको समूहले पहिलो पटक जापानको अग्लो फुजी हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका हुन् ।

आरोहण गर्ने सदस्यमा जापानस्थित अन्तर्राष्ट्रिय अधिवक्ता एवं जापान नेपाल सोसाइटीका निर्देशक डा बलराम श्रेष्ठ, अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विक, जुनतेंदो विश्वविद्यालयका प्राध्यापक डा लक्ष्मीकुमार पराजुली, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, किराँत राई योयोक्खा जापानका पूर्वअध्यक्ष रमेश राई, नेपाल आइटी भेन्चरका कार्यकारी निर्देशक कमल अधिकारी, किराँत याक्थुङ्चुम्लुङ समाजका पूर्वअध्यक्ष रिद्धि तुम्वाहाम्फेलगायत विभिन्न क्षेत्रमा योगदान दिनुहुने महानुभावको सहभगिता थियो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result