जनकपुरधाम, २१ कात्तिक \ नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्री गम्भीर नभएकाे अाराेप लगाएका छन् ।
नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा काग्रेस प्रमुख सचेतक समेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै त्यसकाे बिरूद्द काग्रेसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने बताए ।
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको भन्दै खाँडले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको छ अाराेप लगाए ।






प्रतिक्रिया लेख्नुहोस्:-