Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

मंसिर ९, २०७५ ३:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

लिस्बन, ९ मङ्सिर / विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ ।

चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो ।

पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गर्नुभयो ।

सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिनुभएको थियो । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ ।

खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए ।

गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ ।

जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पूग्ने गर्दछन् । यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो । यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दूर्लभ र बहूमूल्य मानिन्छ ।

खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिनुभयो । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताउनुभयो । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “विश्वमा यो च्याउको आफ्नै महत्व र मूल्य छ । यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायीक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो ।” यस्तो दूर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उहाँले बताउनुभयो । सर्वाधिक महंगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महशुस भएको सापकोटाले बताउनुभयो ।

मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो ।

यसलाई इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महंगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ ।

यसैबीच सापकोटा इटालीमा सम्मानित हुनुभएको छ । च्याउसम्बन्धी खानाको प्रचार प्रसारमा विशेष योगदान पू¥याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बेस्डरसमेत नियुक्त हुन सफल भएका छन् ।

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरि पाँच ठूला रेष्टुरा सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरामध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुरालाई पिज्जा बनाउने (अद्धितिय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ । सापकोटा बिगत २० वर्षदेखि पोर्चुगल बस्दै आउनुभएको छ ।रासस

सम्बन्धित समाचार

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने
कला/मनोरन्जन

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुने

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !
Breaking News

मे १८ मा १९७४ एडीले वे एरिया तताउने !

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने
Breaking News

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result