Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायतद्वारा आप्रबासीलाई लक्षित गरी कडा नीति प्रस्ताव

पुस ४, २०७५ ४:१८ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

लण्डन, बेलायत, ४ पुस ।  बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।

बेलायती गृह मन्त्री साजित जाबिदले भन्नुभयो, “ब्रेक्जिटपछि इयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिने छ र नयाँ नियम अनुसार योग्यताका आधारमा प्रबेश गर्न पाइने व्यवस्था गरिनेछ । तर राष्ट्रियताका आधारमा होइन । यसले इयू र इयूबाहेकका व्यक्तिहरूलाई बेलायत प्रबेशमा समानता ल्याउनेछ ।”

यो कुल आप्रवासन समस्यालाई व्यवस्थित गर्न र दीर्घकालीन सामाधानको बाटो तय गर्ने महत्वपूर्ण आधार बन्नेछ,”उहाँले बीबीसी रेडियोसँगको कुराकानीमा बताउनुभयो । उहाँले थप्नुभयो, “यो नयाँ नीति आप्रबासीको जनसङ्ख्यालाई घटाउने कुनै विशेष लक्ष्य भने होइन ।”

उहाँले भन्नुभयो, “नयाँ नियमले स्वदेशी कामदारलाई प्राथमिकता दिने र आप्रवासी श्रमिकमाथि थप दवाब भने पर्नेछ ।”

आप्रवासीबारे गलत धारणा 

जाविदले इयूबाट बेलायत गएर काम गर्दै आएका आप्रवासीहरूलाई बार्षिक ज्याला कति तोक्ने भन्नेबारे निश्चित रकमको प्रतिवद्धता जाहेर गर्नुभएको छैन । तर यो ३० हजार पाउण्डस्टर्लिङ डलरदेखि ३८ हजार हजार पाउण्डस्टर्लिङ वा त्यही नेराघेरामा रहने प्रस्तावमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

न्यूनतम बार्षिक तलबको सीमारेखालाई विदेशी विद्यार्थीलाई बेलायत प्रवेश र काममा प्रोत्साहन साथै बेलायती अर्थतन्त्रको निश्चित भागमा योगदान होस भन्ने अभिप्रायका साथ निर्धारण गरिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य सेवालगायतका क्षेत्रका धेरै रोजगारदाताहरूले तीस हजार पाउण्डस्टर्लिङको सीमा निकै धेरै भएको र यसले इयूका नर्स वा अन्य नागरिकलाई ल्याउन कठीन हुने बताएका छन् ।

आप्रवासनसम्बन्धी प्रस्ताव ब्रेक्जिटविरुद्धमा कट्टरवादी धारणा राख्दै आएका बेलायतीहरूको मन जित्ने र प्रधानमन्त्री टरिजा मे ले इयूका नेताहरूसँग गरेको सम्झौताको पक्षमा संसदमा मतदान गर्न सघाउने उद्देश्यका साथ आप्रवासनबारेको प्रस्ताव आएको हो ।

प्रस्तावले राजधानी लण्डनलगायतका केही भागमा आवेग सिर्जना गर्नसक्ने देखिएको छ किनकि लण्डनमा इयूबाट गएर बसोबास गर्दै आएका आप्रवासीहरूको सङ्ख्या धेरै रहेको छ ।

लण्डन महानगरका प्रमुख सादिक खानले सरकारको धारणालाई गलत भएको र यसले विकास, रोजगारी र लण्डन वरपरका समुदायलाई व्यापक क्षति पु¥याउने बताउनुभएको छ ।

सन् २०१४ र सन् २०१५ तिर बेलायतमा बसोबास गर्ने आप्रवासीहरूको सङ्ख्या तीन लाखभन्दा बढी रहेकोमा गत बर्ष यो सङ्ख्यामा कमी आएर झण्डै दुई लाख ८० हजार पुगेको बताइएको छ ।

ब्रेक्जिट सम्झौताबाट बेलायती व्यवसायीहरू प्रभावित बन्ने त्रासले उनीहरूले निरन्तर इयूबाट बहिर्गमनपश्चात पनि बेलायत इयूप्रति लचकदार रहनुपर्ने धारणा राख्दै आएका छन् ।

(रासस÷एएफपी)

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result