Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

पुस ९, २०७५ ३:३१ मा प्रकाशित
पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

kf]v/fl:yt k]mjftfn lsgf/fdf a'sjd{ kmfpG8];g / ¥ofG8d l/8;{ ;f];fO{6Låf/f cfof]lht cfOPdO{ g]kfn ;flxToLs dxf]T;jsf] t]>f] lbg ;f]daf/ ;Djfbgdf jfT:ofog, s'Gtf zdf{ / pk]Gb| ;'Jjf . t:jL/ M xl/ af:t]fnf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

– हरि बाँस्तोला

पोखरा, ९ पुस ।  पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत आज विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो ।

महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको छलफलको पहिलो विषय थियो, ‘अँध्यारो उज्यालो’ । यो संवाद कार्यक्रममा वरिष्ठ पत्रकार विजयकुमार पाण्डे र रवि लामिछानेबीच भएको अन्तरक्रिया कार्यक्रममा दर्शकको बढी भीड र रुचि देखिएको थियो ।

अन्तक्र्रियामा पत्रकारद्वयले पत्रकारिता, साहित्य, सङ्गीत, बेथिति एवं जीवन र जगतका विविध पक्षबारे रोचक संवाद गरेका थिए । साथै वर्तमान राजनीतिक वेथिति र कतिपय नेतृत्व वर्गको गैरजिम्मेवारीपनको समेत उहाँहरुले आलोचना गर्नुभएको थियो ।

महोत्सवमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग ‘संस्मरण विस्मरण’ का बारेमा अन्तरसंवाद कार्यक्रममा चलाउनुभयो । उहाँले कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवं यथार्थलाई ढाकछोप गरी आफूलाई उच्च देखाउने गरेको विषयमा व्यंग्य गर्नुभएको थियो ।

उहाँहरुले नेपालमा आत्मकथा लेखनको शैली एवं आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याउँदै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गर्नुभयो ।

सोही अवसरमा मुक्तक मञ्च पोखरासँग आबद्ध १५ मुक्तककारले प्रेम, विछोड, राजनीतिक एवं समसामयिक विषयमा मुक्तक प्रस्तुत गर्नुभएको थियो । नेपालमा कला, साहित्यले नै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसबाट विकास निर्माणमा सरकारलाई घचघच्याउन सफल भएको महोत्सवको तेस्रोे संवाद ‘प्रतिरोध’ का सहभागिले जोड दिनुभयो ।

वसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गर्नुभएको थियो । सो अवसरमा कलाका विविध पक्षबारे पनि छलफल गरिएको थियो । उक्त अवसरमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गर्नुभएको थियो । उहाँहरुले लेखनशैलीका सम्बन्धमा चर्चापरिचर्चा गर्नुभएको थियो ।

पुस्तकले कसरी प्रजातान्त्रिकरणमा सहयोग पु¥याउछ र बजारीकरणसँगको सम्बन्ध के हुन्छ भन्ने बारेमा मानुषी यमी भट्टराईले सञ्चालन गर्नुभएको संवाद कार्यक्रममा हरि शर्मा र सिके लाल जुट्नुभएको थियो । ‘जर्नालिज्म अण्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गर्नुभएको थियो । पत्रकारिताको जोखिमका विषयमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्दै उहाँहरुले विश्व परिदृश्यमा पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो ।

सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाउनुभएको थियो । उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श गरिएको थियो । महोत्सवअन्तर्गत ‘फुलको आँखा’ विषयमा पत्रकार दिलभुषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गर्नुभएको थियो । पाठकले आनीसँग जीवन र जगतलाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गर्नुका साथै सकारात्मकताबाट नै जीवन जित्न सकिनेमा उहाँको जोड थियो .

आजको अन्तिम संवाद कार्यक्रममा ‘बितेका कुरा’ शीर्षकमा दीप श्रेष्ठ र वसन्त थापाबीच अन्तरसंवाद भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अन्तिम दिन भोली नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र, प्रदीप गिरी, खगेन्द्र सङ्ग्रौला लगायतका विभिन्न पार्टीका नेता एवं लेखक र साहित्यकारबीच संवाद हुने कार्यक्रम रहेको छ ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result