काठमाडौं– नेपाली काँग्रेसका युवा नेता गगन थापाले काँग्रेसलाई जसले जिस्कायाे त्याे सकिएकाे भन्दै इतिहास दाेहाेरिने चेतावानी दिएका छन् । शुक्रवार संसद बैठकमा प्रतिपक्षिकाे नारावाजीका बीच जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि थापाले यस्ताे प्रतिक्रिया दिएका हुन ।
उनले सरकार शक्तिशाली कि व्यपारी भन्दै प्रश्न गरेका छन् । ‘ सरकारले अनसनरत डाक्टर गाेविन्द केसीकाे ९५ प्रतिशत माग पुरा गरेकाे भनेकाे छ । त्याे पाँच प्रतिशत कस्का लागि हाे ? के का लागि हाे ? जसका कारण सरकार प्रतिपक्ष सँग लड्न तयार भाे, डाक्टर केसी मरे मराेस भन्दै छ ,त्याे केका लागि भन्दा एक दुइ जनाकाे व्यापारीकाे मेडिकल कलेजका लागि ।’ उनले समाजवाद ल्याउने भन्ने सरकारले जनतामार्ने विधेयक ल्याएर विजयउत्सव मनाएकाे आरोप लगाए ।
नेता थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। सभामुखले तपाईहरुको अवरोध भयो भने सदन अगाडि बढाउदिन भन्ने सन्देश कांग्रेसलाई दिएको तर बैठकमा जालझेल गरेको उनको दाबी छ। ‘चिकित्सा शिक्षा विधेयक पास गर्न सरकाभन्दा अर्काे कोही लागेको थियो भने त्यो सभामुख लागेको थियो’, उनले भने, ‘संसदको मुठभेड टार्ने बेलामा प्रतिपक्षी सांसदलाई बोलाएर संसदमा गलत व्यवहार गरियो।’
थापाले सभामखु आदेश पालक जस्ताे देखिएकाे आराेप लगाए । पदबाट जिम्मेवारपूर्ण व्यवहार गर्न नसेकेको उनको गुनासो छ। थापाले सरकारले निधेषकाे राजनीतिलाइ बैधानीकता दिएकाे भन्दै त्यसकाे जवाफ दिने बताए । उनले भने ‘काँग्रेसलाइ जसले जिस्कायाे त्याे सकिएकाे छ, इतिहास दाेहाेरिन्छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-