Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

माघ २१, २०७५ ११:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी ।  पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ ।

यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशी न्यौपानेले जानकारी दिनुभयो ।

नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योगमध्ये दोस्रो ठूलो सिमेन्ट उद्योगका रूपमा दाबी गरिएको यस उद्योगले आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । क्षमता विस्तारसँगै अब उद्योगले प्रतिदिन एक लाख २० हजार बोरा सिमेन्ट र १२ लाख मेट्रिकटन क्लिङ्कर उत्पादन गर्नेछ । यसअघि उद्योगले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

करीब ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योगले हालसम्म जग्गा खरीददेखि उद्योगको प्रविधि विस्तार र भौतिक पूर्वाधारसम्म करीब रु १२ अर्ब बराबरको लगानी भएको उद्योगले बताएको छ । उद्योगले करीब रु १५ अर्ब बराबरको सिमेन्ट बिक्री वितरण गर्ने योजना बनाएको छ ।

उद्योगमा लिफ्टसहित प्रयोगशाला एक्स रे एनलाइजर प्रविधि रहेको छ । सेन्टर कन्ट्रोलअन्तर्गत कम्प्युटर प्रविधिमार्फत अटोमेटिक (पुर्णस्वचालित) रहेको उद्योगले गुणस्तरमा एकरुपता कायम राखेको उद्योगको जिकिर छ । चुन ढुङ्गा, रातो माटो उद्योगको आन्तरिक कच्चा पदार्थ हो । दैनिक करीब पाँच मेगावाट विद्युत् आफ्नै उद्योगबाट उत्पादन गर्दै आएको छ ।

युरोप भिआरएम प्रविधिमार्फत सिमेन्ट उत्पादन हुँदै आएको यस उद्योगले आइएसआइ नाइन ००१ र ४२०१ लगायतका प्रमाणपत्र प्राप्त गरिसकेको उद्योगका प्रबन्धक नेत्र घिमिरेले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result