Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका–चीन व्यापार वार्ताः सकारात्मक रहेको दुबैको भनाई

फाल्गुन ५, २०७५ २:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेइजिङ ।  संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ । तर उहाँका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् ।

विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनले एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । “व्यापार युद्ध” नाम दिइएको दुई मुलुकबीचको तनाबले विश्वको वित्तीय बजारलाई हल्लाइदिएको छ भने उत्पादन क्षेत्रमा मन्दी आएको छ ।

दुबै मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको भन्दै राष्ट्रपति ट्रम्पले मार्च १ तारिखको अन्तिम समयसीमालाई बढाउने सङ्केत गर्नुभएको छ । यसअघि डिसेम्बर १ तारिखदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महिनाभित्र वार्ता गरी आपसी असमझदारी हटाउने दुबै देशबीच सहमति भएको थियो ।

राष्ट्रपति ट्रम्पले मार्च १ तारिखभित्रै नयाँ व्यापार सम्झौता नभए २०० अर्ब मूल्य बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि गर्ने यसअघि घोषणा गर्नुभएको थियो । उक्त समयसीमा आइपुग्न करिब दुई साता मात्र बाँकी छ ।

अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्तिको चोरी तथा जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै आएको छ । साथै, चीनको औद्योगिक नीति संरक्षणमुखी रहेको र विदेशी कम्पनीलाई चीनभित्र प्रतिस्पर्धा गर्न तथा बजार विस्तार गर्न कठिन रहेको एवं व्यापार घाटा बढेको अमेरिकी आरोप छ ।

चीनले भने विश्व व्यापार संगठन (डब्लुटिओ) को स्वीकृत मान्यताविपरीत अमेरिकाले व्यापारमा अबरोध सिर्जना गर्न खोजेको बताउँदै आएको छ ।

(रासस/एएफपी)
––

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result