अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि श्रीमान् छविराज ओझाबाट कुटपिट भएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गराएकी छिन ।
निर्माता छवि र शिल्पाबिच दुई वर्ष अघि मात्र गुपचुपमै विवाह भए पनि दुवैले अस्वीकार गर्दे आएका थिए । प्रहरीले दुवै पक्षलाई छलफमा बोलाएको जनाएको छ । केही समयदेखि उनीहरूको सम्बन्धमा खटपट भएको बताइएको छ ।
शिल्पाले छविराजकै फिल्म लज्जा’मार्फत चलचित्रमा अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । त्यसपछि छविराज नै निर्माता रहेको फिल्म हवलदार सुन्तली र मंगलममा पनि शिल्पाले अभिनय गरेकी थिइन् ।






प्रतिक्रिया लेख्नुहोस्:-